चीनले सैन्य आयोगलाई शक्तिशाली बनायो
एजेन्सी । केन्द्रीय सैन्य आयोग (सिएमसी) को शक्ति बिस्तार गर्नका लागि चिनयाँ राष्ट्रिय सुरक्षा कानून संशोधन गरिएको छ । २६ डिसेम्बरमा गरिएको संशोधन एक जनवरीदेखि लागू भएको छ । यससँगै सिएमसीको भूमिका बढेको छ भने सैन्य नीति बनाउनेलगायतका कामहरु गर्दै आएको स्टेट काउन्सिलको भूमिका कमजोर भएको छ ।
देश र विदेशमा राष्ट्रिय हितको रक्षामा कानूनको प्रयोग हुनेछ । यस संशोधनसँगै अब सिएमसीले सेना सम्बन्धी निर्णय लिने सम्पूर्ण शक्ति प्राप्त गरेको छ । साउथ चाइना मर्निङ पोस्टकाअनुसार सशस्त्र बललाई समेत तैनाथ गर्ने आधार तय गर्नका लागि पहिलोपटक ‘विकास हित’ र ‘विकास हितसहितको सुरक्षा’ जस्ता शब्दावली थपिएको छ ।
दुई वर्षको विचार–विमर्शपछि नेशनल पिपुुल्स काँग्रेसले २६ डिसेम्बरमा कानून संशोधन गरेको हो, जसअन्तर्गत तीनवटा पुराना धारा हटाइएको छ । ६ वटा नयाँ धारा थप गरिएको छ । चिनियाँ सेना विश्वका शक्तिशाली सेनाहरुमध्ये एक मानिन्छ । चीनले पछिल्ला वर्षहरुमा आफ्नो सैनिक खर्च पनि बढाउँदै लगेको छ ।
चिनियाँ सेनामा २० लाख ३५ हजार सक्रिय सैनिक छन् । त्यस्तै, ५ लाख १० हजार रिजर्भ सेना छ । चीन विश्वमा सबैभन्दा धेरै सक्रिय सैनिक भएको देश हो । चीनपछि अमेरिकी सेनामा १३ लाख र रुसी सेनामा १० लाख सक्रिय सैनिक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण