बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रङ बदल्ने र एकैचोटी दुईतिर हेर्न सक्ने जीव छेपारो

बुधबार, २२ पुस २०७७, ०२ : १३
बुधबार, २२ पुस २०७७

भाइबहिनीहरु तिमीहरुलाई  छेपारोको बारेमा थाहा छ होइन ?
ल भन त  छेपारो के का लागि चिनिन्छ ?
 अंग्रेजीमा Chameleon  (केमिलियोन) भनिने छेपारोका १७१ प्रजाति पाइन्छन् संसारभरि। प्रजातिमा विविधता जस्तै यिनको आकारमा पनि बड़ो विविधता हुन्छ।


इन्साइक्लोपिडिया ब्रिटानिकामा उल्लेख भए  अनुसार 'पर्सन्स' ( parson's ) प्रजातिको छेपारो २७ इन्च अर्थात ६९ सेन्टिमिटर लामो हुन्छ।  तिम्रो 'हाइट' कति  छ 'पर्सन्स' छेपारोसंग तुलना गरी हेर त !
 यसैगरी 'मेडागास्कन' (madagscan ) प्रजातिको छेपारो २३ इन्च (६० सेन्टिमिटर ) सम्मको हुन्छ।  

यति पढेपछि पक्कै पनि तिमीलाई जान्न मन लाग्यो होला– सबैभन्दा सानो आकारको छेपारो चाहिँ कत्रो  हुन्छ ?


 'लीफ' (leaf) प्रजातिको छेपारो जम्मा ०.०५ इन्च अर्थात जम्मा १६ मिलिमिटरको हुन्छ।  यो तिम्रो औलाको टुप्पोमा मजाले बस्न / अड्न सक्छ।

यति बेरसम्म तिमीले सम्झियौ होला छेपारो के का लागि चिनिन्छ ? हो तिमीले सम्झेको एकदमै सही हो– छेपारो आफ्नो शरीरको रंग बदल्ने क्षमताका लागि चिनिन्छ।  यसको यही रंग बदल्ने क्षमताले गर्दा नेपालीका थुप्रै उखानहरुमा यसको चर्चा भएको पाइन्छ। जस्तो, एउटा उखान छ: छेपारोले जस्तै रङ बदल्नु । आफ्नो आमाबुबासँग यस बारेका प्रचलित उखान सोध।

छेपारोमा रंग बद्लिने यो खूबी यसको शरीरमा रहेका विशिष्ट खाले कोशिका (cells) का कारण हुन्छ ।  यी कोशिकालाई 'इरिडोफोर सेल'  (iridophore cells) भनिन्छ।



रंग बद्लिने खूबीका साथै छेपारोसंग एउटा अन्य विशेष गुण हुन्छ जुन अन्य कुनै पनि प्राणीसंग हुँदैन।  छेपारोले आफ्नो आँखाले  आफ्नै आँखा हेर्न सक्छ।
 के बुझेनौ ?
 भन्नुको अर्थ छेपारोका दुबै आँखा स्वतन्त्र हुन्छन्।  यी एकसँगै  फरक फरक दिशामा मोडिन सक्छन्।  एउटा आँखाले बांयातिर हेर्दै गरेको अवस्थामा नै यसको अर्को आँखाले दायातिर हेर्न सक्छ।  एउटा आँखाले मास्तिर हेर्दै गर्दा अर्को आँखाले तलतिर हेर्न सक्छ।
तिमीलाई थाहा छ छेपारो जस्तै आफ्नो शरीरको रंग बद्लिन सक्ने अन्य प्राणी पनि हुन्छन्।


 सीहर्स (sea  horse) यो एउटा समुद्री जीव हो।  यसले पनि छेपारो झै आफ्नो छालाको रंग फेर्छ।  यसले त झन केही सेकेण्डमै आफ्नो रंग फेर्न सक्छ।


मिमिक अक्टोपस (mimic  octopus)  प्रशांत महासागरमा पाइने जीव हो । यस जीवले पनि आफ्नो रंग बदल्ने क्षमता राख्छ।  जलीय जीवहरुमा यो नै सबैभन्दा बुद्धिमान जीव हो।  यसले आफू वरिपरि बदलिएको परिस्थितिअनुसार आफ्नो स्वरुप पनि फेर्न सक्छ।  यसले रंग मात्र होइन आफ्नो लचकदार छाला (flexible  skin) को सहायताले आफ्नो आकार पनि ठूलो सानो बनाउन सक्छ।


 स्कोर्पियन माछा (scorpion  fish) अति विषालु हुन्छ । यस माछामा पनि रंग बदल्ने खूबी हुन्छ।  यसको मेरुदण्ड (spinal  cord) मा विष भरिएको हुन्छ।


गोल्डन टरटोइज बीटल  (golden  tortoise  beetal) यो एउटा सानो कीरा हो।   खतरा महसुस गर्नासाथ यसले आफ्नो रंग बदलिन्छ।


प्यासिफ़िक रुख भ्यागतो (pacific  tree  frog ) उत्तरी अमेरिकामा पाइने जीव हो । यस भ्यागुतामा पनि आफ्नो छालाको रंग बदल्ने क्षमता हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप