शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

७८ वर्षीय अमिताभ बच्चन माइनस ३३ डिग्रीको चिसोमा !

बुधबार, २२ पुस २०७७, २३ : ३८
बुधबार, २२ पुस २०७७

एजेन्सी । ७८ वर्षीय बलिउड अभिनेता अमिताभ बच्चन लद्दाख पुगेका छन् । माइनस ३३ डिग्री सेल्सियस तापक्रम रहेको लद्दाख पुगेको जनाउँदै उनले आफ्नो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।  उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्ः ‘दिनभर  काम गरिसकेपछि, म लद्दाख फर्किए, यहाँको तापक्रम माइनस ३३ डिग्री छ । यस्तो लाग्छ, यहाँको चिसोले आफैलाई पक्रेला जस्तो देखिन्छ ।’

त्यहाँ उनी जाडोमा लगाउने बाक्लो कपडा (किट) मा देखिन्छन् । त्यसैगरी अमिताभले नयाँ वर्षको अवसरमा लद्दाखमा बनाइएको एक भिडियो पनि सार्वजनिक गरेका छन् ।  भिडियोमा केही व्यक्तिहरुले बसमा स्कर्टिङ गरिरहेको देख्न सकिन्छ । अमतिाभ बच्चनका प्रशंसकहरुले तस्बिरमा टिप्पणी गर्दै ७८ वर्षको उमेरमा पनि कति सक्रिय हुन सकेको भन्दै थप प्रशंसा गरेका छन् ।

अमिताभ बच्च आफ्नो सामाजिक सञ्जालमार्फत फ्यानहरुसँग निरन्तर सम्पर्कमा रहने गर्दछन् र आफ्ना तस्बिर र भिडियोहरु साझेदारी गर्ने गर्छन् ।  पछिल्लो समय अमिताभ बच्चन ‘कौन बनेगा करोडपति’ को सुटिङमा व्यस्त छन् । योसँगै उनी रणबीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रम्हास्त्र’ मा पनि देखिँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप