७८ वर्षीय अमिताभ बच्चन माइनस ३३ डिग्रीको चिसोमा !
एजेन्सी । ७८ वर्षीय बलिउड अभिनेता अमिताभ बच्चन लद्दाख पुगेका छन् । माइनस ३३ डिग्री सेल्सियस तापक्रम रहेको लद्दाख पुगेको जनाउँदै उनले आफ्नो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्ः ‘दिनभर काम गरिसकेपछि, म लद्दाख फर्किए, यहाँको तापक्रम माइनस ३३ डिग्री छ । यस्तो लाग्छ, यहाँको चिसोले आफैलाई पक्रेला जस्तो देखिन्छ ।’
त्यहाँ उनी जाडोमा लगाउने बाक्लो कपडा (किट) मा देखिन्छन् । त्यसैगरी अमिताभले नयाँ वर्षको अवसरमा लद्दाखमा बनाइएको एक भिडियो पनि सार्वजनिक गरेका छन् । भिडियोमा केही व्यक्तिहरुले बसमा स्कर्टिङ गरिरहेको देख्न सकिन्छ । अमतिाभ बच्चनका प्रशंसकहरुले तस्बिरमा टिप्पणी गर्दै ७८ वर्षको उमेरमा पनि कति सक्रिय हुन सकेको भन्दै थप प्रशंसा गरेका छन् ।
अमिताभ बच्च आफ्नो सामाजिक सञ्जालमार्फत फ्यानहरुसँग निरन्तर सम्पर्कमा रहने गर्दछन् र आफ्ना तस्बिर र भिडियोहरु साझेदारी गर्ने गर्छन् । पछिल्लो समय अमिताभ बच्चन ‘कौन बनेगा करोडपति’ को सुटिङमा व्यस्त छन् । योसँगै उनी रणबीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रम्हास्त्र’ मा पनि देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण