बेलायतमा कोरोनाबाट एकैदिन एक हजार बढीको मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या गत वर्ष अप्रिलयताकै उच्च भएको छ । पछिल्लो २४ घन्टामा एक हजार १६२ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ हजार ५०८ पुगेको छ । मृतक संख्याको आधारमा बेलायत आजबाट विश्वमा पाँचौं स्थानमा रहेको छ । यसअघि बेलायत युरोपियन मुलुक इटालीभन्दा पछाडी रहँदै आएको थियो ।
यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ५२ हजार ६१८ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा हालसम्म २८ लाख ८९ हजार ४१९ पुगेको छ । बेलायतमा विगत एकहप्तादेखि दैनिक संक्रमितको संख्या ५० हजारभन्दा माथि रहँदै आएको छ । जुन संख्या बेलायतमा महामारी शुरु भएयाताकै सबैभन्दा बढी हो ।
गएको २४ घन्टामा तीन हजार ६ सय जना संक्रमित अस्पताल भर्ना भएका छन् भने तीस हजार भन्दा बढी कोरोना संक्रमितको अस्पतालमा उपचार भैरहेको छ । यो संख्या कोरोना महामारीको पहिलो चरणमा भन्दा अत्याधिक बढी हो ।
कोरोनाभाइरस संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएका कारण अस्पतालको बेड व्यवस्थापनमा कठिनाई भएको स्वास्थ्य विभागले जनाएको छ । कोरोना संक्रमण दर बढेसंगै कोरोना विरुद्धको भ्याक्सिनलाई पनि तीव्रता दिइएको छ । हाल बेलायतमा फाइजर-बायोएनटेक र अक्सफोर्डका दुईवटा खोप वितरण कार्य भैरहेको छ । हालसम्म १२ लाख ९६ हजार ४३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिनको पहिलो दिईसकेको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये २१ हजार ३१३ जनालाई भ्याक्सिनको दोस्रो डोज पनि दिइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख रबर स्ट्याम्प बने : कांग्रेस महामन्त्री शर्मा
-
संसद् बैठकपछि विपक्षी दलको बैठक बस्दै
-
कांग्रेसद्वारा मतदान बहिष्कार
-
विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीको विश्वासको मत पाएको घोषणा
-
आईपीएलका रोचक पक्ष : निरीह मुम्बई, अनुमान गर्न कठिन राजस्थान र बैंगलुरुको प्रदर्शन
-
विश्वासको मत लिनुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको मन्तव्य (पूर्णपाठ )