शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले हिंसा भड्काउन उक्साएः बेलायती प्रम

शुक्रबार, २४ पुस २०७७, ०६ : ०१
शुक्रबार, २४ पुस २०७७

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकामा बुधबार भएको हिंसामा राष्ट्रपति डोनल्ड ट्रम्पको पनि भूमिका रहेको बताएका छन् । 

उनले भने, ‘यस्तो लाग्छ कि उनले मानिसहरुलाई संसदमा छिर्न उक्साएका छन् र अहिले पनि उनले लगातार निष्पक्ष चुनावमा प्रश्न उठाइरहेका छन् । मलाई यो सरासर गलत लाग्छ ।’

‘म यतिमात्रै भन्न चाहन्छु कि निर्वाचित राष्ट्रपतिको जीतमा औपचारिक मुहर लागिसकेको छ भन्ने थाहा पाउँदा खुसी लागेको छ । यसले लोकतन्त्रलाई बचाएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप