रोडिजबाट चर्चा कमाएका राजिवले रियासँग 'माई गर्ल' भन्दै सेयर गरे तस्बिर, ट्रोल भएपछि गरिदिए डिलिट
बलिउड नायिका रिया चक्रवर्ती हालै रोजिडबाट चर्चामा आएका राजिव लक्ष्मणसँग देखिइन् । राजिवले आफ्नो इन्स्टाग्राम अकाउन्टमा रियासँगको फोटो सेयर गरेका थिए जसमा रियाले राजिवलाई अँगालो हालिरहेको देखिएको थियो । तस्बिरमा रिया निकै खुसी देखिएकी थिइन् र तस्बिर पोस्ट गर्दै राजिवले लेखे – माई गर्ल । यो फोटो तत्काल चर्चाको विषय बन्यो, मानिसहरुले विभिन्न चर्चा परिचर्चा गर्न थाले । त्यसपछि राजिवले तस्बिर डिलिट गर्दै नयाँ पोस्टमा यसबारे स्पष्टिकरण दिए ।
राजिव लक्ष्मणले इन्स्टाग्राममा नयाँ पोस्ट गर्दै लेखे, ‘यस्तो लाग्छ कि मैले आफ्नो एक पोस्टमा शब्दको गैर जिम्मेवारीयुक्त चयनका कारण निकै विवाद निम्त्याएको छु ।’
उनले थपे, ‘रिया मेरी निकै प्यारी पुरानी साती हुन् र म उनलाई पुनः भेटेर निकै खुसी छु । म चाहन्छु उनी सधैं खुसी रहून् । ’
यद्यपि, यो पोस्ट आउञ्जेलसम्म राजिवसँगको फोटो भाइरल भइसकेको थियो ।
स्मरण रहोस्, सुशान्तको मृत्युपछि नराम्रोसँग फसेकी रिया चक्रवर्तीले आफ्नो जीवनलाई पुनः लयमा फर्काउने कोसिस गरिरहेकी छिन् । रघुले हालै आफ्नो छोरा रिदमको जन्मदिन मनाएका थिए र रिया उक्त कार्यक्रममा सरिक हुन पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण