अभिनेत्रीमाथि अत्याचार – धर्म परिवर्तन गर्न भन्दै श्रीमानले गर्थे कुटपीट
भारतीय टेलिभिजन अभिनेत्री प्रिटी तलरेजाले आफ्ना पति अभिजित पेटकरविरुद्ध सनसनीपूर्ण आरोप लगाउँदै पुलिसमा उजूरी दर्ता गराएकी छिन् । आफमाथि धर्म परिवर्तनका लागि दबाब सिर्जना गरिएको उनको आरोप छ ।
पतिको आरोप नमान्दा कुटाईसमेत खानुपरेको उनले बताएकी छिन् । प्रितिले आफुमाथि भएको हिंसाबारे ट्वीटरसहितका सामाजिक सञ्जालमा पनि लेखेकी छिन् ।
प्रितिका अनुसार उनी पहिले मुम्बई पुलिसमा उजूरी लिएर गएकी थिइन् । तर, कुनै कारबाही नभएपछि उनले मुख्यमन्त्री उद्धव ठाकरे र प्रधानमन्त्री कार्यालयलाई ट्याग गर्दै सामाजिक सञ्जालमा आफ्ना वेदना पोखिन् । अहिले खन्डकपान्डा कल्याण पुलिसले प्रितीको उजूरी दर्ता गरेको छ ।
प्रिटीले सामाजिक सञ्जालमा पनि धेरै तस्विरहरु सार्वजनिक गरेकी छिन् । उनको अनुहारमा कुटपीटको निशान छ ।
के भएको थियो ?
तीन वर्ष पहिले प्रिटीले अभिजित पेटकरसँग विवाह गरेकी थिइन् । अभिजित जिम सेन्टर सञ्चालन गर्थें । प्रिटीका अनुसार अभिजित मुस्लिम हुन् । उनीहरुले मस्जिदमा विवाह गरेका थिए । यतिबेलासम्म प्रिटीले धर्म परिवर्तन गरेकी थिइनन् । तर विस्तारै अभिजितले धर्म परिवर्तन गर्न दबाब दिँदै कुटपीट गर्न थाले । मुस्लिम कानूनअन्तर्गत उनलाई विवाहको प्रमाणपत्र पनि दिइएन । एक ट्वीटमा प्रिटीले लेखेकी छिन् – ‘मेरा पति अभिजितले आफू मुस्लिम रहेको बताएका छन् । उनीसँग धर्म परिवर्तनको कुनै कागज छैन । आफ्नो डकुमेन्टमा उनले आफ्नो नाम अभिजित पेटकर नै लेख्छन् ।’
तीन वर्षसम्मको प्रेममा पतिले धोका दिएको उनको गुनासो छ । प्रिटी चर्चित टेलिभिजन सिरियल ‘कृष्णदासी’ मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण