हिमाञ्चलमा भूकम्पको धक्का
शनिबार, २५ पुस २०७७, २२ : ४२
एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा भूकम्प गएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हिमाञ्चल प्रदेशमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको झड्का महसुस हुने वित्तिक्कै सर्वसाधारणहरु घरबाहिर निस्किएका थिए ।
भारतको नेश्नल सेन्टर अफ सिस्मोलोजीका अनुसार शनिबार बेलुका ८ बजेर २२ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु काँगडाको करेरी लेकमा परेको थियो । भूकम्पको क्षति विवरण भने आइसकेको छैन । भूकम्पको केन्द्र कनेरी भन्ने स्थानबाट १० किलोमिटर गहिराईमा परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण