ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा अयोग्य राष्ट्रपतिः बाइडेन
एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले संसद भवनमा आक्रमणकारीहरुलाई घरेलु आतंकवादीको संज्ञा दिएका छन् । उनले संसद भवनमा आक्रमण गर्नेहरुमाथि मुद्दा चलाउने चेतावनी समेत दिएका छन् । उनले उक्त आक्रमण रोक्न असफल भएका अधिकारीहरुको जवाफदेहिता पनि तय गर्नुपर्ने बताए । पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले डोनाल्ड ट्रम्प अमेरिकी इतिहासकै सबैभन्न्दा अयोग्य राष्ट्रपति भएको बताए । यद्यपि, उनले ट्रम्पमाथि महाअभियोग लगाउन किन नलगाउने भन्ने सवालमा कुनै जवाफ दिएनन् ।
पत्रकाररुसँगको कुराकानीका क्रममा उनले भने– ‘यो ठगहरुको समूह हो । उनीहरु घरेलु आतंकवादी हुन् र उनीहरुविरुद्ध मुद्दा चलाइनेछ ।’ बाइडेनले संसद परिसरमा प्रदर्शकारीहरुसँग सेल्फी लिने प्रहरी अधिकारीहरुमाथि पनि छानबिनको माग गरे । बाइडेनले २० जनवरीमा अमेरिकाको ४६ औं राष्ट्रपतिको सपथ लिँदैछन् । उनीसँगै नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले पनि शपथ लिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण