जापानमा भाइरसको नयाँ स्ट्रेन भेटियो, ब्राजिलबाट पुग्यो
अमेरिका र बेलायतमा भ्याक्सिनेसन सुरु भइसकेको छ । भारतमा पनि यसै हप्तादेखि खोप अभियान सुरु हुनेछ । यस्तै कोरोनाको लगातार स्वरुप (म्युटेशन) फेरिरहेको छ । अब जापानमा भाइरसको नयाँ स्वरुप भेटिएको छ । यो ब्राजिलबाट जापान पुगेको हो ।
यो स्ट्रेन बेलायत र दक्षिण अफ्रिकामा भेटिएको पछिल्लो स्ट्रेनभन्दा भिन्न छ । जापान सरकारका अनुसार चार व्यक्तिमा नयाँ स्ट्रेन भेटिएको हो जसमा ४० वर्षका एक पुरुष, ३० वर्षकी महिला र दुई किशोर छन् । यसअघि जापानमा बेलायत र दक्षिण अफ्रिकी स्टेनका करिब ३० जना संक्रमित भेटिइसकेका छन् ।
रुस र मेक्सिकोमा नयाँ स्ट्रेनका पहिलो संक्रमित
रुस र मेक्सिकोमा कोरोनाभाइरसको नयाँ स्ट्रेनका संक्रमित भेटिइसकेका छन् । यो नयाँ स्ट्रेनबारे सबैभन्दा पहिला बेलायतमा थाहा भएको थियो । यसका बिरामी भारतसमेत ४० भन्दा बढी देशमा भेटिइसकेका छन् । मेक्सिकोका तमौलिपास राज्यकी स्वास्थ्य सेक्रेटरी ग्लोरिया मोलिना गंबोआले विदेशबाट आएका एक व्यक्तिमा भाइरसको नयाँ भेरियन्ट बी ११७ पुष्टि भएको छ । उनी २९ डिसेम्बरमा यहाँ आएका थिए ।
उनका अनुसार संक्रमित व्यक्तिसँग यात्रा गर्ने व्यक्ति र विमानका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै देशका राष्ट्रपति स्पोक्सम्यान जिसस रामिरेज क्यूवास संक्रमित भएको आइतबार जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य ठिक भएको र स्वास्थ्य मापदण्डको पालना गर्दै घरबाट नै काम गर्ने जानकारी दिएका छन् ।
यसका साथै रुसले पनि नयाँ स्ट्रेनको पहिलो केस पुष्टि गरेको छ । यी व्यक्ति बेलायतबाट फर्किएका थिए । कोभिड–१९ रेस्पोन्स सेन्टरका अनुसार रुसमा पछिल्लो २४ घण्टामा कोरोनाका २२ हजार ८ सय ५१ नयाँ संक्रमित फेला परेका छन् । खोप अभियान सुरु भएपनि यहाँ नयाँ संक्रमितको संख्यामा खासै कमी देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण