प्रधानमन्त्री ओलीले संविधान कुल्चिए: जनार्दन शर्मा
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव पक्षका नेता तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिएको आरोप लगाएका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीले भष्मासुर प्रवृत्ति देखाएको पनि आरोपसमेत लगाए । पूर्वमन्त्री समेत रहेका शर्माले भने, ‘संविधानमा नभएको धारा प्रयोग गरेर संसद विघटन गरी प्रधानमन्त्री ओलीले भष्मासुर प्रवृत्ति देखाए ।’
आफूहरुलाई पार्टी फुटेकोप्रति चिन्ता हैन, संविधान र राष्ट्रको चिन्ता रहेको उनले बताए । उनले प्रश्न गरे, ‘जनताले बनाएको संविधानअनुसार काम हुँदैन भने राष्ट्रको रक्षा कसरी हुन्छ ? देश त संविधानअनुसार चल्नु पर्ने हैन र ?’
शर्माले देशको कानुनलाई नै राष्ट्र प्रमुखले मान्दिन भन्यो भने राष्ट्र, राष्ट्रियता, स्वाधीनता नरहने पनि प्रस्ट पारे । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई समाप्त पार्न र संविधानको रक्षा गर्न लागि निरंकुशतन्त्रका विरुद्ध जनता सडकमा आएको र त्यस्तो कदम नसच्चिएसम्म जनता सडकमा आइरहने उनले बताए ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक देश हो । जनताकै बलमा नयाँ संविधान, गणतन्त्र, धर्मनिरपक्षेता, संघीय गणतन्त्र ल्याएका हौँ,’ उनले भने, ‘त्यो वर्गको स्वामित्व संविधानमा नहुँदा अहिले संविधान कुल्चने काम भयो ।’ गणतन्त्र, लोकतान्त्रिक, संघीय व्यवस्थाका लडेकाहरूले संविधानको रक्षाको स्वामित्व नलिइ राजनीतिक दलहरूले त्यसको स्वामित्व लिएका कारणले पनि अहिलेको संकट आएको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण