मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङमा मात्रै दश लाखलाई कोरोनाको खोप

सोमबार, २७ पुस २०७७, २२ : ३२
सोमबार, २७ पुस २०७७

एजेन्सी । चीनको राजधानी बेइजिङ्मा मात्रै दश लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ ।  उनीहरु सबैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । अहिलेसम्म विकास भएका कोरोनाका खोप हरेक व्यक्तिले दुई चरणमा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

कोरोनाभाइरसको उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिएर अहिले उनीहरूलाई मात्रै खोप लगाइएको पनि महानगर स्वास्थ्य आयोगले जनाएको छ ।  आयोगका उप निर्देशक गोओ जियनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप पनि लगाउने तयारी भइरहेको छ ।

कोरोना विरुद्धको खोप लगाउदा पहिलो चरणको खोप लगाएको २१ दिनमा दोस्रो चरणको खोप लगाउन पर्ने सिफारिस चिकित्सकहरूको छ ।  स्वास्थ्य सेवा, घरेलु यातायातलगायतका सेवामा अग्रपङ्तिमा रहेर काम गरिरहेकाहरूलाई प्राथमिकतामा राखेर खोप दिइएको हो ।

फेब्रुअरी १२ मा चिनियाँहरूको महत्वपूर्ण पर्व ‘स्प्रिङ फेस्टिवल’ पर्ने भएकाले त्यस अगाडि नै खोप लगाउने अभियान सम्पन्न गर्ने महानगरका अधिकारीहरुको तयारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप