बिग बसको घरबाट जेस्मिन ‘आउट’ हुँदा रोएका थिए सलमान खान, नायिकाले दिइन् प्रतिक्रिया
बिग बस १४ को घरबाट नायिका जेस्मिन भासिन आउट भएकी छिन् । जेस्मिन भासिन आउट हुँदा सबैको आँखामा आँसु आयो । अली गोनी क्वाँक्वाँ रोए । यहाँसम्म कि सलमान खान पनि आफ्नो आँसु रोक्न सकेनन् । उनी पनि भावुक देखिए । अब घरबाहिर आएपछि जेस्मिनले सलमान खानको यो भावुक प्रतिक्रियाको जवाफ दिएकी छिन् ।
पिंकभिल्लासँगको कुराकानीमा जब जेस्मिनलाई यसबारे प्रश्न सोधियो तब उनले भनिन्, ‘मैले सबैबाट निकै प्रेम पाएँ । सबैसँग मेरो सम्बन्ध निकै राम्रो रह्यो । सलमान सरका लागि त मेरो मनमा अत्यधिक सम्मान र प्रेम छ । किनभने त्यस्ता थुप्रै परिस्थिती आउँछन् तब तपाईं केही बोल्न सक्नुहुन्नँ तर उहाँले सधैं के भइरहेको छ भनेर सम्झाउनु हुन्थ्यो । कस्तो महसुस भइरहेको, के बितिरहेको छ । उनले मलाई असाध्यै प्रेम दिए ।’
बिग बसको यात्रामा के भन्छिन् जेस्मिन ?
आफ्नो यात्राबारे कुरा गर्दै जेस्मिनले भनिन्, ‘यो इमोशन्स, फिलिङ, ब्लेम जुन तपाईंमाथि लाग्छ, लडाईं जुन तपाईं आफ्नै लागि लड्नुहुन्छ, यो एउटा रोलर कोस्टर राइड थियो । निकै उतार–चढाव थिए तर यो जीवनको एउटा अनुभव हो जुन मसँगै रहनेछ । सकारात्मक अनुभव रह्यो ।’
जेस्मिनले रुबिनालाई भनिन् मास्टरमाइन्डः
जेस्मिन भासिनले रुबीनालाई मास्टरमाइन्ड र अवसरवादी बताइन् । जेस्मिनले भनिन्, ‘हामी साथी बन्न सक्दैनौं । म उनीसँग चिल गर्न सक्छु, कुरा गर्न सक्छु, काम गर्न सक्छु तर साथी बन्न सक्दिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण