तीन दर्जन बढी कलाकर्मीलाई छायाँछविको ट्रफी र पुरस्कार
काठमाडौं । ‘छायाँछवि तीज म्युजिक अवार्ड २०७७’ र चौथो ‘काठमाडौं सर्ट फिल्म फेष्टा २०२० औपचारिक रुपमा समापन गरिएको छ । कोरोनाका कारण मंगलबार बिजेतालाई अवार्ड तथा पुरस्कार बितरण गर्दै समापन गरिएको हो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गीतकार संघका अध्यक्ष शुभ मुकारुङ, संगीतकार सन्तोष श्रेष्ठ लगायतले कलाकर्मी र उनका श्रृजनालाई अवाड तथा पुरस्कार बितरण गरेका थिए । ठमेलको एसिई लाउन्ज एण्ड बारमा आयोजिक कार्यक्रममा विभिन्न ३३ विधामा अवार्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
समारोहमा विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायाँकन गरि विश्व कीर्तिमानी राख्न सफल निर्देशक माधवराज खरेल, कमला जोशी, पुष्कर नेपाल, गायक पूर्णबहादुर राईलाई ‘छायाँछवि किर्तिमानी सम्मान २०७७’, ‘लक्ष्मी बस्नेत र राजन थापालाई ‘छायाँछवि समाज सेवा सम्मान २०७७’ प्राप्त गर्द रंग पत्रकार राधिका अधिकारी ‘छायाछवि नारी रंग पत्रकारिता सम्मान २०७७’बाट नगदसहित सम्मानित भइन् ।
कार्यक्रममा पाचौं ‘काठमाडौ सर्टफिल्म फेष्टा २०२१’ को आवेदन खुल्ला भएको समेत जानकारी दिइयो । कार्यक्रममा मनोज राजभण्डारी, भोला पौडेल, आयुषा गौतम, सरिता भारती, मिलन विश्वकर्मा, वीरेन्द्र भाट विपिन, मुकेश हुमागाई, अजय रेग्मी, रोविन पोखरेल, दीपाशा बीसी, नन्दा बस्याल, मानसिंह खड्का, सुरेन्द्र बसेल, राजकुमार मगर, सुजाता के.सी र रोजी श्रेष्ठ, नितु कोइराला/सुशीला थापा, राजकुमार फिल्मस, एस. थ्रि. के. इन्टटेनमेन्ट, लोकराज अधिकारी, दयाराम पाण्डेय, शुष्मा देवकोटा, हेम श्रेष्ठ, योगेश काजी, सुर्य खड्का, टीका सानु, मञ्जु थापा, कला लम्साल, अनिता चलाउने, सञ्जु लम्साल, सुशीला थापा, सुर्य चन्द, देवेन्द्र कुँवर, रोशनी के.सी दयाराम घिमिरे, सुभाष गजुरेललगायतले कार्यक्रममा अवार्ड तथा प्रमाणपत्र पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटअघि सुदूरकाे सत्ता गठबन्धनमा किचलो, मन्त्रिपरिषद् बैठक सुरु
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण