गर्जियस लुक्समा प्रियंका
मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा हमेसा चर्चाको केन्द्र बन्ने गरेकी छन् । कहिले प्रोफेसनल लाइफ त कहिले लुक्स उनको चर्चाको बिषय बन्ने गरेको छ । हालै उनले केही नयाँ तस्बिर सुट गराएकी छन् । जसको कारण फेरि उनको चर्चा चुलिएको छ । लेटेष्ट फोटो सुटमा उनले एकसेएक गर्जियस लुक प्रस्तुत गरेकी छन् ।

प्रियंकाले आफ्नो हरेक तस्बिर नयाँ तथा फरक ड्रेसका साथ प्रस्तुत गरेकी छन् । हरेक ड्रेसमा उनी निकै सुन्दर तथा आकर्षक देखिएकी छन् । उनका ड्रेसअप, हेयर स्टाइल र तस्बिर पोजले फ्यान उनी प्रति फिदा भएका छन् । एक तस्बिरमा उनी स्टाइलिस ड्रेसमा कुर्सीमा बसेकी छन् । अर्काे एक तस्बिरमा उनी हरियो ड्रेसमा देखिएकी छन् । जुन तस्बिरले उनको सुन्दर झन् निखारेको छ ।

प्रियंकाको हरेक तस्बिर इन्टरनेटमा भाइरल भइरहेका छन् । तस्बिरलाई फ्यानले कमेन्ट र तारिफका बर्षा गरिरहेका छन् । कामको कुरो गर्ने हो भने प्रियंका छिट्टै हलिउड फिल्ममा देखिँदैछिन् । हालै उनले लन्डनमा फिल्म ‘टेक्स्ट फर यु’की शुटिङ पुरा गरेकी छन् । यस कुराको जानकारी प्रियंकाले सामाजिक सञ्जालमार्फत दिएकी थिइन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण