बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्जियस लुक्समा प्रियंका

मङ्गलबार, २८ पुस २०७७, १९ : २२
मङ्गलबार, २८ पुस २०७७

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा हमेसा चर्चाको केन्द्र बन्ने गरेकी छन् । कहिले प्रोफेसनल लाइफ त कहिले लुक्स उनको चर्चाको बिषय बन्ने गरेको छ । हालै उनले केही नयाँ तस्बिर सुट गराएकी छन् । जसको कारण फेरि उनको चर्चा चुलिएको छ । लेटेष्ट फोटो सुटमा उनले एकसेएक गर्जियस लुक प्रस्तुत गरेकी छन् ।

प्रियंकाले आफ्नो हरेक तस्बिर नयाँ तथा फरक ड्रेसका साथ प्रस्तुत गरेकी छन् । हरेक ड्रेसमा उनी निकै सुन्दर तथा आकर्षक देखिएकी छन् । उनका ड्रेसअप, हेयर स्टाइल र तस्बिर पोजले फ्यान उनी प्रति फिदा भएका छन् । एक तस्बिरमा उनी स्टाइलिस ड्रेसमा कुर्सीमा बसेकी छन् । अर्काे एक तस्बिरमा उनी हरियो ड्रेसमा देखिएकी छन् । जुन तस्बिरले उनको सुन्दर झन् निखारेको छ ।

प्रियंकाको हरेक तस्बिर इन्टरनेटमा भाइरल भइरहेका छन् । तस्बिरलाई फ्यानले कमेन्ट र तारिफका बर्षा गरिरहेका छन् । कामको कुरो गर्ने हो भने प्रियंका छिट्टै हलिउड फिल्ममा देखिँदैछिन् । हालै उनले लन्डनमा फिल्म ‘टेक्स्ट फर यु’की शुटिङ पुरा गरेकी छन् । यस कुराको जानकारी प्रियंकाले सामाजिक सञ्जालमार्फत दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप