अमेरिकामा एकैदिन चार हजारको मृत्यु, नेदरल्याण्डमा लकडाउन तीन हप्ता बढ्यो
संसारभरी कोरोना संक्रमितको संख्या ९.१९ करोड नाघिसकेको छ । वर्ल्डोमिटर्सका अनुसार ६ करोड ८० लाखभन्दा बढी निको भइसकेका छन् । हालसम्म १९ लाख ६८ हजारभन्दा बढीले ज्यान गुमाइकेका छन् । सीएनएले जोन हपकिन्स युनिभर्सिटीका अनुसार अमेरिकामा मृत्युको आँकडा तीब्र रुपमा बढिरहेको छ । मंगलबार यहाँ चार हजारको मृत्यु भएको छ ।
अमेरिकामा खतरा बढ्योः
अमेरिकामा खोप अभियान सुरु भइसक्यो तरपनि मृत्युको आँकडा पनि बढिरहेको छ । मंगलबार यहाँ करिब चार हजार जनाको मृत्यु भएको छ । यो जानकारी सीएनएनले जोन होपकिन्सलाई उद्धृत गर्दै दिएको छ । अमेरिकामा हालसम्म ३.८९ लाखको मृत्यु भइसकेको छ । मंगलबार करिब दुई लाख २२ हजार संक्रमित भेटिएका छन् । अमेरिकामा हालसम्म ९ लाखलाई भ्याक्सिन लगाइसकिएको छ ।
नेदरल्याण्डमा लकडाउन बढ्योः
नेदरल्याण्ड सरकारले हाल देशमा जुन प्रतिबन्ध लागू गरिएको छ, त्यसमा कुनै पनि प्रकारको राहत नदिने स्पष्ट पारेको छ । सरकारले प्रतिबन्धको कडा रुपमा पालना गर्नुपर्ने स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयले हाई अलर्ट जारी राखेको छ र लकडाउन तीन हप्तासम्म बढाएको छ । सरकारले एक बयानमा भने, ‘यो कुरा सबैलाई राम्रो छ कि हामीसँग हालका लागि कुनै विकल्प छैन । संक्रमण कम भइरहेको छैन । देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पाइसकिएको छ । यसका लागि हामी निकै चिन्तित छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण