एनएमबि बैंकको बार्षिक साधारण सभाले पारित गर्यो १६.२% नगद लाभांश, अधिकृत पुँजी २० अर्ब
बुधबार, २९ पुस २०७७, १५ : ४९
काठमाडौं । एनएमबि बैंक लिमिटेडको बार्षिक साधारण सभाले १६.२% नगद लाभांश पारित गरेको छ । पुस २९ गते सम्पन्न बैंकको २५औं बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनश सेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । उक्त सभाले बैंकको अधिकृत पुँजी १६ अर्बबाट बृद्धि गरी २० अर्ब पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।
बैंक संचालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा सम्पन्न सभाले कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै भर्चुअल प्रविधिमार्फत सभा संचालन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण