बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिगमनविरुद्ध संघर्ष गर्न काठमाडौमा १५७६ सदस्यीय समिति

बुधबार, २९ पुस २०७७, १५ : ५२
बुधबार, २९ पुस २०७७

काठमाडौ । संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्ध संघर्ष गर्न नेकपा प्रचण्ड माधव समूहले १५७६ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।  बुधबार काठमाडौमा आयोजित बृहत भेलामा उक्त समितिको घोषणा गरिएको हो । जसको संयोजक केन्द्रीय सदस्य सावित्रा भुषाल रहेको काठमाडौ जिल्ला कार्यसमितिका सचिव हिमाल शर्माले जानकारी दिए ।

संघर्ष समितिले महानगर र वडाहरुमा समिति बनाउँदै लैजाने र माघ २३ मा हुने केन्द्रीय संघर्ष समितिको आव्हानमा हुने कार्यक्रममा केन्द्रीत हुने जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप