ओलीले आफु हार्ने चुनाव गर्दैनन्ः बाबुराम भट्टराई
पोखरा । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीले आफु हार्ने चुनाव नगर्ने बताएका छन् । नेता भट्टराईले ओलीले यो कुरा बुझेकोले पनि कुनै पनि हालतमा चुनाव नहुने दाबी गरे । उनले ओलीको हिटलरी प्रवृति सडकबाटै फाल्नुपर्नेमा जोड दिए । नेता भट्टराईले ‘जनता समाजवादी पार्टी सानै भए पनि जिरे खुर्सानी छ’ भन्ने ओलीले बुझेको बताए ।
संसद विघटनविरुद्ध पोखरामा जसपाले आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नक्कली राष्ट्रवादको खोल ओढेर सत्तामा पुगेको आरोप लगाए । नेता भट्टराईले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने संकेत गर्दै भने– ‘यो सरकारले यसै पनि बेइमानी गरेको छ । संविधानमा लेखिएको छ, प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री हुन्न भन्ने छ, तर उनी तयार छैनन् ।’
उनले प्रधानमन्त्री ओली प्रवृतिलाई पकेट मार प्रवृत्तिको संज्ञा समेत दिए । प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आफूहरु आन्दोलनमै रहने चेतावनी समेत उनले दिए । प्रधानमन्त्रीको यो कदम विरुद्ध सबैलाई जुट्न समेत उनले आग्रह गरे । पोखराको मानवअधिकार चोकबाट निस्केको विरोध र्याली पृथ्वीचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण