ओलीले आफु हार्ने चुनाव गर्दैनन्ः बाबुराम भट्टराई

पोखरा । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीले आफु हार्ने चुनाव नगर्ने बताएका छन् । नेता भट्टराईले ओलीले यो कुरा बुझेकोले पनि कुनै पनि हालतमा चुनाव नहुने दाबी गरे । उनले ओलीको हिटलरी प्रवृति सडकबाटै फाल्नुपर्नेमा जोड दिए । नेता भट्टराईले ‘जनता समाजवादी पार्टी सानै भए पनि जिरे खुर्सानी छ’ भन्ने ओलीले बुझेको बताए ।
संसद विघटनविरुद्ध पोखरामा जसपाले आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नक्कली राष्ट्रवादको खोल ओढेर सत्तामा पुगेको आरोप लगाए । नेता भट्टराईले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने संकेत गर्दै भने– ‘यो सरकारले यसै पनि बेइमानी गरेको छ । संविधानमा लेखिएको छ, प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री हुन्न भन्ने छ, तर उनी तयार छैनन् ।’
उनले प्रधानमन्त्री ओली प्रवृतिलाई पकेट मार प्रवृत्तिको संज्ञा समेत दिए । प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आफूहरु आन्दोलनमै रहने चेतावनी समेत उनले दिए । प्रधानमन्त्रीको यो कदम विरुद्ध सबैलाई जुट्न समेत उनले आग्रह गरे । पोखराको मानवअधिकार चोकबाट निस्केको विरोध र्याली पृथ्वीचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?