बेलायतमा कोरोनाका कारण एकैदिनमा १५६४ को मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप एक हजार ५६४ जनाको मृत्यु भएको छ ।
एकैदिनमा यतिका धेरै मृत्यु भएको बेलायतमा कोरोना महामारी भएयताकै सबैभन्दा बढी हो । यसअघि गत शुक्रबार एक हजार ३२५ जनाको मृत्यु भएको भएको थियो । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सनाख्या ८४ हजार ७६७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ४७ हजार ५२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख एघार हजार ५७६ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । बुधबारसम्ममा ३० लाख ६७ हजार ५४१ जनालाई खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ ।
जसमध्ये २६ लाख ३९ हजार ३०९ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख २८ हजार २३२ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् । अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या बढेपछि हाल उपचारार्थ अस्पतालमा रहेका बिरामीलाई निर्धारित समय अगाडि नै होटल तथा घर पठाउन शुरु गरिएको छ ।
कोरोना संक्रमणका कारण ‘क्रिटिकल’ अवस्थामा रहेका बिरामीको लागि आवश्यक बेड खाली गराउन अन्य बिरामी होटेल सार्ने वा चाँडै घर पठाउने गरिएको हो । बेलायतमा महामारीको पहिलो लहर चलेको समयको तुलनामा हाल दुई गुणाभन्दा बढी कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने यो संख्या दैनिक रुपमा तीव्र दरमा बढ्दै गइरहेको छ ।
हाल बेलायतका अस्पतालमा ३६ हजार भन्दा बढीको उपचार भइरहेको छ । हाल बेलायतमा बढेको कोरोना संक्रमणका कारण बेलायतवासी नेपालीहरु पनि प्रभावित बन्दै आएका छन् । विगत केहि दिनयता कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या पनि बढ्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण