गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना, बेहुलासहित १३ जना घाइते
बुटवल । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङ्जाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप दुर्घटना भएको हो । जिप कालीगण्डकी २ को खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार जिप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जना घाइते भएका छन् । दुर्घटनामा घाईते हुनेमा कालीगण्डकी गाँउपालिका–२ अर्बेनीका २५ वर्षीय बेहुला कृष्ण पाण्डे, ६० वर्षीय ओमप्रसाद पाण्डे, ५५ वर्षीय शोभाखर पाण्डे, ५० वर्षीय शिवलाल पाण्डे, १४ वर्षीया हिरा पाण्डे छन् । त्यस्तै घाइते हुनेहरुमा ५ वर्षीय शिरिस पाण्डे, २८ वर्षीय गोबिन्द पाण्डे, २० वर्षीय नविन पाण्डे, २४ वर्षीय हिमाल पाण्डे, १६ वर्षीय बिष्णु पाण्डे, २६ वर्षीया तुल्सा पाण्डे, ५५ वर्षीय खीमानन्द पाण्डे छन् । उनीहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको छ । जिप चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण