‘नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’ को प्रयोगबाट सुशासनमा वृद्धि हुने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सो एप्स सार्वजनिक भएका अवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा एप्समा सवारी कर, अनुमतिपत्र लोकसेवालगायत सेवालाई पनि जोडिने जनाए । उक्त एप्स बढीभन्दा बढी प्रयोेग गरी लाभ लिन सबैमा आग्रह गर्दै उनले युवा पुस्ताले यसको प्रयोगको अगुवाइ गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, “परीक्षणका रुपमा नागरिक एप्स प्रक्षेपण भएकामा खुशी लागेको छ । हरेक सरकारी सेवालाई सूचना तथा सञ्चार प्रविधिसँग जोडेर सेवा दिनु सरकारको कर्तव्य हो । सरकार नागरिकलाई सबै सेवा सरल र सहजरुपमा दिन तत्पर रहँदै आएको छ । यसको प्रयोगले भ्रष्टाचार अन्त्य हुने विश्वास पनि लिएको छु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
-
विश्वकपबाट बाहिरिएसँगै कार्लोसले दिए घानाको मुख्य प्रशिक्षक पदबाट राजीनामा
-
अघिल्लो सरकारले स्थगित गरेको फुल अडिट स्वर्णिमले किन ब्युँत्याए ?
-
पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण