अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो
एजेन्सी । अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै मुलुकमा अमेरिकी नेतृत्वमा परिचालित सेनाको सङ्ख्यामा करिब दुई दशकपछि यति धेरै कमी आएको अमेरिकी रक्षा मन्त्रालयले बताएको हो ।
अमेरिकी राष्ट्रपतिबाट आफ्नो कार्यकाल पूरा गरी विदा हुँदै गरेका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सन् २००० को सेप्टेम्बर ११ मा अमेरिकी भू–भागमा भएका आतङ्ककारी आक्रमणपछि ती दुबै एशियाली मुलुकमा अमेरिकी सेना पठाएको थियो । तर यो सङ्ख्या अफगानिस्तान र इराक दुबै मुलुकमा दुई दशककै सबैभन्दा न्यून सैनिक सङ्ख्या हो ।
अफगानिस्तानमा तालिवान विद्रोहीसँग शान्तिका लागि सम्झौता भइसकेको भन्दै सेनालाई घटाएको हो भने इराकमा पनि स्थिति सामान्य रहेको अमेरिकी राजनीतिक नेतृत्वको ठहरपछि सैनिक सङ्ख्या घटाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण