अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

एजेन्सी । अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै मुलुकमा अमेरिकी नेतृत्वमा परिचालित सेनाको सङ्ख्यामा करिब दुई दशकपछि यति धेरै कमी आएको अमेरिकी रक्षा मन्त्रालयले बताएको हो ।
अमेरिकी राष्ट्रपतिबाट आफ्नो कार्यकाल पूरा गरी विदा हुँदै गरेका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सन् २००० को सेप्टेम्बर ११ मा अमेरिकी भू–भागमा भएका आतङ्ककारी आक्रमणपछि ती दुबै एशियाली मुलुकमा अमेरिकी सेना पठाएको थियो । तर यो सङ्ख्या अफगानिस्तान र इराक दुबै मुलुकमा दुई दशककै सबैभन्दा न्यून सैनिक सङ्ख्या हो ।
अफगानिस्तानमा तालिवान विद्रोहीसँग शान्तिका लागि सम्झौता भइसकेको भन्दै सेनालाई घटाएको हो भने इराकमा पनि स्थिति सामान्य रहेको अमेरिकी राजनीतिक नेतृत्वको ठहरपछि सैनिक सङ्ख्या घटाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गको के छ अवस्था ? कसरी भइरहेको छ काम ?
-
असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्काे फ्लाईओभरको उद्घाटन गर्ने
-
अछाममा चट्याङ लाग्दा महिला घाइते, बाख्रा मरे
-
जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान, तस्बिरहरू
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ?
-
अनधिकृत संरचना हटाउन दोस्रो पटक सूचना जारी