विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २० लाख नाघ्यो
एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २० लाख नाघेको छ । जोन हपकिन्स विश्वविद्यालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार संसारभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको हो ।
त्यसमध्ये अमेरिकामा सबैभन्दा बढी व्यक्तिको संक्रमणबाट मृत्यु भएको छ ।
अमेरिकामा अहिलेसम्म ३ लाख ९० हजार जनाको संक्रमणबाट मृत्यु भएको जनाइएको छ भने ब्राजिलमा करिब २ लाख जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै भारतमा करिब डेढ लाख जनाको ज्यान गएको छ । तथ्याँकअनुसार विश्वभर ९ करोड ३० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।
उता, वल्ड्रोमिटरले जारी गरेको तथ्याँकअनुसार कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या २० लाख १० हजार १०८ पुगेको छ भने संक्रमितहरुको संख्या ९ करोड ३८ लाख ८३ हजार ७ सय ८१ पुगेको छ । त्यस्तै निको भएर घर फर्किनेहरुको संख्या ६ करोड ७० लाखभन्दा बढी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण