महाभारतका कर्ण बन्नेछन् शाहिद कपुर, बनाइनेछ मेगा बजेट फिल्म !
नायक शाहिद कपुरले आफ्नो फिल्मी करियरमा विभिन्न भूमिका निर्वाह गरेका छन् । कबिर सिंहदेखि पद्मावतका रतन सिंहसम्म, नायकले आफ्नो प्रस्तुतीले सबैलाई अत्यधिक प्रभावित पारेका छन् ।
अब खबरका अनुसार शाहिद कपुर एकपटक पुनः ठूलो प्रयोग गर्ने भएका छन् । उनले रंग दे बसन्ती निर्देशक राकेश ओमप्रकाश मेहरासँग हात मिलाएका छन् ।
खबरका अनुसार राकेश महाभारतका पात्र सूर्यपुत्र कर्णमाथि एक फिल्म बनाउन चाहन्छन् । उनी महाभारतको कहानी कर्णको दृष्टिकोणले बताउन चाहन्छन् । अब उक्त विशेष प्रोजेक्टका लागि उनले शाहिद कपुरसँग कुरा गरेका छन् ।
उनी शाहिद कपुरले उनको फिल्ममा कर्णको भूमिका निभाउन् भन्ने चाहेका छन् । एक समाचार पोर्टलका अनुसार यो राकेश ओमप्रकाशको एक ड्रीम प्रोजेक्ट हो र उनी लामो समयदेखि फिल्म बनाउन चाहन्थे ।
खबरका अनुसार निर्देशकले आफ्नो यो मेगा बजेट फिल्मका लागि निर्माता पाएका छन् । यस्तै शाहिदले पनि यो फिल्मका लागि स्विकारोक्ति दिइसकेका छन् । यस्तोमा वर्षको अन्त्यसम्म फिल्मको सुटिङ सुरु गरिने सम्भावना छ ।
शाहिद कपुर हाल आफ्नो फिल्म जर्सीका लागि सुटिङ गरिरहेका छन् । क्रिकेटरको जीवनमा बनिरहेको यो फिल्मका लागि शाहिदले निकै मिहिनेत गरिरहेका छन् ।
फिल्म यसैवर्ष रिलिज गरिने सम्भावना पनि छ ।
यस्तै पछिल्लो पटक शाहिदलाई फिल्म कबिर सिंहमा देखिएको थियो । त्यो फिल्म नायकको करियरको सबैभन्दा ठूलो ब्लकबस्टर साबित भयो र यसले उनको करियरलाई नयाँ दिशासमेत दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण