शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साढे ३१ सय आयोजना लागि बजेट छुट्याउन माग गर्दै स्थानीय तहले दिए आवेदन

आयोग भन्छ, ‘छुटाउन नहुनेमा मात्र बजेट जान्छ’
सोमबार, ०५ माघ २०७७, ०८ : ५३
सोमबार, ०५ माघ २०७७

\आगामी आर्थिक वर्षका (२०७८/०७९) लागि साढे ३१ सय आयोजना तथा कार्यक्रमका लागि बजेटको माग गर्दै स्थानीय तहले आवेदन दिएका छन् । विशेष र समपुरक अनुदानका लागि सो आयोजना तथा कार्यक्रम का लागि आवेदन परेको हो ।

विद्युतीय माध्यममार्फत् माग भएको आयोजनामा समपुरक अन्र्तगत १५ सय ९९ र विशेष अनुदान अन्र्तगत १५ सय ४७ आयोजना तथा कार्यक्रम माग भएको छ । सोको लागि स्थानीय तहले प्रस्ताव पठाएको योजना आयोगले जनाएको छ ।

नेपाल सरकारले स्थानीय तथा प्रदेश सरकारलाई कुनै पूर्वाधार विकाससम्बन्धी आयोजना कार्यान्वयन गर्न दिने रकम नै समपुरक अनुदान हो । समपुरक अनुदानका लागि आर्थिक क्षेत्र, कृषि, भूमिसुधार तथा वन क्षेत्र र पूर्वाधार क्षेत्रमा कार्यक्रम÷आयोजनाका लागि बजेट माग गर्न सकिने प्रावधान रहेको छ । यसबाहेक सामाजिक क्षेत्र, सुशासनका क्षेत्रमा पनि आयोजना प्रस्ताव गर्न सकिन्छ ।

समपुरक आयोजना माग गर्दा गाउँपालिका वा नगरपालिकाका लागि १ करोड देखि १० करोड रुपैयाँसम्म, उपमहानगर पालिका वा महानगरपालिकाका लागि अधिकतम ५ करोड देखि२५ करोड रुपैयाँससम्म, प्रदेशको लागि २० करोड देखि १ अर्ब रुपैयाँसमम्को सीमाभित्र रहेर माग गर्नुपर्ने हुन्छ ।

यता, विशेष अनुदानका कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण तथा मूलप्रवाहीकरण, तहगत सन्तुलन, खाद्य सुरक्षा तथा पोषण र फाहोरमैला व्यवस्थापनका लागि बजेट माग गर्न सकिने छ । शिक्षा र खानेपानीका लागि सबैभन्दा धेरै आयोजनाको प्रस्ताव परेको योजना आयोगका प्रवक्ता मिनबहादुर शाहीले बताए ।

विशेष अनुदानका लागि प्रदेशको हकमा कम्तिमा १० करोड, स्थानीय तहको हकमा कम्तिमा ५० लाख र बढीमा १० करोड रुपैयाँसम्मको सिमा हुनेछ । आयोजना तथा कार्यक्रमको कार्यान्वयन अवधि अधिकतम तीन वर्षको मात्र हुनुपर्छ । आयोजना र कार्यक्रमको पूर्वतयारीको काम पुरा भएको हुनुपर्ने शर्त तोकिएको छ ।

यदि स्थानीय तह र प्रदेशमा बहुवर्षीय आयोजनाहरुको सफ्टवेयर प्रणालीमा अप्लाइ नगरी हालको सफ्टवेयरमा अप्लाइ गर्दा सिस्टमले नै नलिने भएकाले सोही सफ्टवेयर अन्र्तगत आवेदन दिनुपर्ने शाहीको भनाइ छ ।

उनी भन्छन्, ‘यो आयोजनाको प्रभावकारी कार्यान्वयन, प्रगतीको समीक्षा र सम्बन्धित तहलाई जवाफदेही र उतरदायी बनाउन यो प्रणालीको विकास गरिएको हो । सिस्टममा एप्लाइ गरेको स्थानीय तहमा बहुवर्षीय आयोजना हुन्छ हुँदैन भनेर जानकारी हुन्छ । कुनै इकाइले माग गरेन भने आयोजना अधुरो रहने, सरकारी स्रोतको दुरुपयोग हुने हुन्छ ।’

आवेदन दिएका सबैले आयोजनाका लागि अनुदान पाउँदैन । स्रोतको आधारमा बजेट बिनियोजन हुने आयोगको भनाइ छ । माग भएका आयोजना छनौटको  प्रक्रियामा जानेछ । अघिल्लो बहुवर्षीयमा आएका आवेदन स्वतः जान्छ । आयोगका अनुसार नयाँ माग भएका आयोजनालाई उपलब्ध स्रोतको आधारमा कुन ठाउँमा कसरी दिने छनौट हुन्छ ।

‘नछुटाइ नहुने आयोजनाको लागि बजेट छुट्याउँछौ,’ शाहीले भने  । अनुदानका लागि  मानव विकास सूचकांक र सामाजिक तथा आर्थिक विकास सुचकांकमा पछाडी परेका क्षेत्र समुदायर वर्गलाई  विशेष प्राथमिकता दिइन्छ । विशेष अनुदान भनेको पछाडी परेका क्षेत्र र वर्गको  उत्थानको लागि पनि  हो ।

राष्ट्रिय योजनजा आयोगले कात्तिक ३० गते प्रदेश र स्थानीय तहबाट आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमका लागि प्रस्ताव माग गरेको थियो । पुस मसान्तसम्म समय दिएर माग भएको प्रस्तावमा सो आयोजना परेको हो  । 

गत वर्ष र हाल गरेर ३६ सय आयोजनाका लागि अनुदान माग भएको हो । देश संघीयतामा गएपछि आफ्नो क्षेत्रको आयोजना पारिदिन माग गर्दैै केन्द्र धाउने परम्पराको अन्त्य भएको छ । अब अनलाइनबाटै आयोजना माग गर्न सक्ने भइसकेका छन् । हाल ६५० सक्रिय प्रयोग कर्ता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप