ओलीलाई तीन दिने अल्टिमेटम, के छ स्पष्टीकरण पत्रमा ?
सोमबार, ०५ माघ २०७७, १९ : ४६
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन दिन भित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए थप कारवाही गर्ने भएकोे छ । त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको छ ।
नेताहरु सुरेन्द्र पाण्डेसहित बालुवाटार पुगेर बुझाएको पत्रमा ‘पार्टीको सिद्धान्त, विचार, नीति, विधि, हितविपरित र पार्टी विरोधी गतिविधि गरिरहनुभएकोले तपाईंलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन किन नगर्ने ?’ भन्दै स्पष्टीकरण सोधिएको छ ।
‘यो पत्र प्राप्त गरेको वा तपाइको निवासमा टाँस गरिएको मितिले तीन दिनभित्र स्पष्टिकरण दिनुहोला । यदि तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिएमा तपाइँलाई थप कारवाही गरिने व्यहोरा पनि सूचित गरिन्छ’ पत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
-
विश्वकपबाट बाहिरिएसँगै कार्लोसले दिए घानाको मुख्य प्रशिक्षक पदबाट राजीनामा
-
अघिल्लो सरकारले स्थगित गरेको फुल अडिट स्वर्णिमले किन ब्युँत्याए ?
-
पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण