जापानमा हिमपातसहितको आँधीका कारण १३० कार एक आपसमा ठोक्किए (तस्बिर)
बुधबार, ०७ माघ २०७७, १३ : ३४
उत्तरी जापानमा हिमपातसहितको आँधीका कारण हाइवेमा १ सय ३० वटा कार एक आपसमा ठोक्किएका छन् । यो दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
मंगलबार मियागी प्रान्तको तोहोकू एक्सप्रेसमा दिउँसो तीन बजे उक्त दुर्घटना भएको हो ।
अधिकारीका अनुसार यो घटनाका कारण एक्सप्रेस वेमा २ सय बढी मानिसहरु फसेका छन् जसलाई उद्दारकर्मीले बाहिर निकालिरहेका छन् ।
हालैका हप्तामा जापानका केही इलाकामा अत्यधिक हिमपात भइरहेको छ । यो हिमपात अनुमानभन्दा दोब्बर हो । स्थितीलाई मध्यनजर गर्दै गाडीको गति ५० किलोमिटर प्रति घण्टा निश्चित गरिएको थियो ।
स्थानीय मौसम अधिकारीका अनुसार दुर्घटनाका बेला हावाको गति सय किलोमिटर प्रति घण्टा थियो । स्थानीय मिडियाका अनुसार यो इलाकामा १५ इन्च मोटो बरफ परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण