पोखरामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु
पोखरा । पोखरामा कोरोना संक्रमणबाट २ जना महिलाको मृत्यु भएको छ । दुवै जना महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाको वडा नं २९ की ३५ वर्षीय महिला र स्याङ्जाकी ७० वर्षीय महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । मृत्यु भएकी पोखराकी ३५ वर्षीय महिलामा पुष २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोभिड निमोनिया र हेपाटाइटिसको समस्या रहेको डा.शर्माले बताए ।
त्यसैगरी बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै मृत्यु भएकी स्याङ्जाको बिरुवा गाँउपालिका वडा नं ५ की ७० वर्षीय महिलामा मंगलबार मात्र कोरोना संक्रमणको पुष्टि भएको थियो । उनमा कोभिड निमोनियाका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट २०२ जनाको मृत्यु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण