पोखरामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट २ जना महिलाको मृत्यु भएको छ । दुवै जना महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाको वडा नं २९ की ३५ वर्षीय महिला र स्याङ्जाकी ७० वर्षीय महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । मृत्यु भएकी पोखराकी ३५ वर्षीय महिलामा पुष २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोभिड निमोनिया र हेपाटाइटिसको समस्या रहेको डा.शर्माले बताए ।
त्यसैगरी बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै मृत्यु भएकी स्याङ्जाको बिरुवा गाँउपालिका वडा नं ५ की ७० वर्षीय महिलामा मंगलबार मात्र कोरोना संक्रमणको पुष्टि भएको थियो । उनमा कोभिड निमोनियाका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट २०२ जनाको मृत्यु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको आर्थिक वृद्धिले राष्ट्रिय तथ्याङ्कलाई उछिन्यो, नागरिकको आम्दानी पनि बढ्यो
-
तीनकुने प्रकरण : ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा
-
दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास
-
आज पास होला त सङ्घीय निजामती विधेयक ?
-
२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच छलफल
-
मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध