यसरी बिदा भए ट्रम्प, यसरी आउँदैछन् बाइडेन (फोटोफिचर)
एजेन्सी । जो बाइडेनले सपथ लिन अब दुुई घण्टा पनि बाँकी छैन । (नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा, अमेरिकी समयअनुसार १२ बजे दिउँसो ) बाइडेनले सपथ लिनेछन् । त्यसैले क्यापिटल हिलस्थित अमेरिकी संसद् भवन भव्य देखिएको छ । विगतमा जस्तो विशिष्ट पाहुना र सर्वसाधारणको ठूलो उपस्थित भने हुनेछैन किनकि अमेरिकामा कोरोना भाइरस महामारीले उग्र रुप लिइरहेको छ र ४ लाखभन्दा धेरैको ज्यान गइसकेको छ ।
सिमित पाहुनामात्रै संसद् भवनमा बाइडेनको सपथ नियाल्न उपस्थित छन् । त्यस्तै १ सय ५० वर्षमा पहिलोपटक अमेरिकी राष्ट्रपतिले आफ्नो उत्तराधिकारीको सपथ बहिस्कार गर्दैछन् । नयाँ प्रशासनलाई शुुभकामना दिएपनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प सपथ समारोहमा उपस्थित छैनन् । उनले ह्वाइट हाउस पनि छाडिसकेका छन् ।
बाइडेनको स्वागत र ट्रम्पको विदाईका केही तस्विर

बुधबार नवनिर्वाचित राष्ट्रपति आफ्नी श्रीमतीसँग वासिङटनस्थित एक गिर्जाघरमा आयोजित प्रार्थना सभामा सहभागी हुँदै ।

ह्वाइट हाउस छाड्नुअघि बिदाई भाषण गर्दै ट्रम्प । उनले आफ्नो बिदाईमा उपस्थित समर्थकहरुमाझ ‘सधैं तपाईहरुका लागि लडिरहनेछु’ भनेका छन् । नयाँ प्रशासनलाई सफलताको शुभकामना पनि दिएका छन् ।
जोयन्ट बेस एन्ड्रियुस्मा ट्रम्पको बिदाई नियाल्दै उनका समर्थकहरु ।

हेलिकोप्टरमा सवार भएर ह्वाइटहाउसबाट बिदा भए ट्रम्प

मंगलबार जो बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस र उनीहरुका श्रीमती/श्रीमान्ले कोभिड १९ मा ज्यान गुमाएकाहरुको सम्झना गरेका थिए

पूर्वराष्ट्रपति बाराक ओबामा दम्पत्ति नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस दम्पत्तिसँग
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण