बेलायतमा कोरोनाको अर्को नयाँ रेकर्ड, एकैदिन १८२० को निधन
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्याले दिनहुँ नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार एकैदिन १८२० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या महामारी भएपछिकै सबैभन्दा बढी हो । अघिल्लो दिन मंगलबार पनि १६१० जनाको मृत्यु भएको थियो, जुन बेलायतमा एकैदिन मृत्यु हुने सबैभन्दा बढी हो । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९३ हजार २९० पुगेको छ ।
यसैगरी कोरोना संक्रमितको संख्या पनि पछिल्लो २४ घन्टामा ३८ हजार ९०५ पुगेको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३५ लाख पाँच हजार ७५४ पुगेको छ । संक्रमित संख्या भने विगत तीन हप्तायताको तुलनामा कम हुँदै गएको छ । कोरना संक्रमितको संख्यासँगै बेलायतका अस्पतालमा भर्ना हुनेको संख्या पनि ३९ हजारभन्दा बढी पुगेको छ ।
कोरोना संक्रमण बढेसँगै बेलायत सरकारले कोरोना विरुद्धको खोपलाई पनि तीव्रता दिंदै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार एक मिनेटमा १४० जनालाई कोरोना विरुद्धको खोप दिइएको सरकारी तथ्यांकमा उल्लेख छ । बेलायतमा हालसम्म ४६ लाख ९ हजार ७४० जनाले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । यसैगरी चार लाख ६० हजार ६२५ जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण