वाग्मती प्रदेशका मुख्यमन्त्रीबिरुद्ध अविश्वास प्रस्ताव टेबल हुने
काठमाडौं । शुक्रबार बस्ने वाग्मती प्रदेशको प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्धको अविस्वास प्रस्ताव टेबल हुने भएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेवल हुने नेकपा प्रचण्ड–माधव पक्षका सांसद राजेन्द्र पाण्डेले जानकारी दिए ।
प्रस्ताव टेबल भएपछि कहिले छलफलमा लैजाने भन्ने निर्णय हुने पाण्डेले बताए । यो प्रदेशमा अविश्वास प्रस्ताव पास वा फेल गराउन काँग्रेस कता उभिन्छ त्यतै निर्णय आउने देखिन्छ । अहिलेसम्म काँग्रेस अविश्वासको प्रस्तावको पक्ष वा विपक्ष कतैपनि खुलिसकेको छैन ।
नेकपाको प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपामा ओली र प्रचण्ड–माधव पक्ष गरी विभावित भएको छ । जसको असर ६ वटा प्रदेश सभामा प्रत्यक्ष देखिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण