पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु
शुक्रबार, ०९ माघ २०७७, १३ : ५१
पोखरा । पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका १ निवासी २५ वर्षीया युवतीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत युवतीको बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए ।
युवतीको स्वास्थ्यमा समस्या देखिएपछि गरिएको कोभिड–१९ परीक्षणमा यही माघ ५ गते संक्रमण पुष्टि भएको डा. शर्माले बताए । युवतीमा मृगौलाको समस्यासहित अन्य दीर्घ रोगहरु समेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण