उदय भट्टराईले ल्याए नयाँ गीत
शनिबार, १० माघ २०७७, १० : ०६
काठमाडौं । संगित सर्जक उदय भट्टराईले नयाँ लोक गीत बजारमा ल्याएका छन् ।
भट्टराईले ‘किन माया लाउछ’ बोलको गीत बजारमा ल्याएका हुन् । पुराना सर्जक मध्येका भट्टराईले लामो समय अन्तरालपछि सो गीत बजारमा ल्याएका हुन् ।
गीतमा गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । शब्द सिर्जना उदयले गरेका हुन् ।
यसअघि उनका धागो राम्रो घुम्ने चर्खाको, कत्ति मिठो बोली, पाईलै पिच्छे जरो खन्छ्यौं रे र धोका दियौ नि लगायतका गीत सार्वजनिक भइसकेका छन् ।
‘किन माया लाउछ’ बोलको म्युजिक भिडीयोमा प्रेमी–प्रेमिकाको सम्बन्धमा जातिय समस्या तगारो बनेको बियोगान्त भाव पाइन्छ । भिडीयोमा ओबि रायमाझी, रोशनी कार्की र इश्वर बिकको अभिनय रहेको छ ।
बिनोद भण्डारीले निर्देशन गरेको भिडियो विकास ज्ञवालीले सम्पादन गरेका छन् । भट्टराई पछिल्लो समय अमेरिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटअघि सुदूरकाे सत्ता गठबन्धनमा किचलो, मन्त्रिपरिषद् बैठक सुरु
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण