इजलाशमा शम्भु थापा : श्रीमान्हरुको धैर्यता चाहिँ विशाल रहेछ !
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा नेकपाका प्रमुख सचेतक देव गुरुङको रिटमा सुनुवाइ भइरहेको छ । आइतबारदेखि शुरु भएको सो रिटको सुनुवाइ मंगलबार पनि चल्नेछ ।
सोमबार गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका छन् । संवैधानिक इजलाशमा शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली अधैर्य भएको टिप्पणी गरेका छन् । सोमबारको बसहमा उनले भने –‘प्रधामन्त्री र राष्ट्रपतिले एकछिन पनि धैर्य गर्न सकेनन् ।’ तर, इजलाशमा प्रधानन्यायाधीशसहितका अन्य चार चार न्यायाधिशले धैर्यता देखाएको भन्दै थापाले प्रसंसा गरे । थापाले भने–‘श्रीमान्हरुको धैर्यता त विशाल छ है ।’
आइतबारदेखि शुक्रवार अनि, फेरि निरन्तर सुनुवाइ गरेर न्यायाधीशहरुले धैर्यता देखाएको भन्दै थापाले प्रशंसा गरेपछि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले हाँस्दै भने–‘उपाय के छ त ?’
शम्भु थापाले ०५२ देखि गाली गरेका माओवादी पूर्व लडाकुलाई प्रधानमन्त्रीले अहिले तानेको देखेर आफु छक्क परेका टिप्पणी गरेका छन् । ‘०५२ देखि लगातार पूर्वलडाकुलाई गाली गर्नुभो’ थापाले भने–‘अहिले खोजी खोजी तान्नुभएको छ ।’
प्रधामन्त्री ओलीले संसद विघटन गरेर आफूमात्र माथि जान खोजेको बताए । संसद विघटन असंवैधानिक भएको जिकिर गर्दै उनले भने–‘कुनै संस्था मासेर आफूमाथि जान खोज्नुहुँदैन ।’
आज पनि शम्भु थापाले बहस गर्नेछन् । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसीले गरिरहेका छन् ।
प्रधानन्यायाधीश जबरा र वरिष्ठ अभिवक्ता थापा सहपाठी हुन् । अन्य अधिवक्तालाई प्रधान न्यायाधिशले समय तोक्ने गरेका छन् । तर, थापालाई जबराले सोध्छन्–‘अब तपाईंलाई कति समय लाग्छ ?’
थापाले आफ्नो बहस ‘कन्टिन्यु’ गर्ने बताएपछि बेन्चले उनलाई मंगलबार पनि समय दिएको हो । ‘सम्भवत यो मुद्दामा पैसा आउँदैन, धेरै किन बोल्नु तर, मंगलबार टुङ्ग्याउँछु,’ सोमबार इजलाशमा उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


