पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध न्यायालयको अवहेलनासम्बन्धी मुद्दा दायर
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा न्यायालयको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । गत सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ढुंगानाले बोलेका कुरालाई लिएर अपहेलना मुद्दा दायर भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले रातोपाटीलाई बताए ।
ढुंगानाले संविधानसभा सदस्य मञ्च नेपालद्वारा आयोजित अन्तरक्रियामा प्रतिनिधिसभा विघटनका बारेमा बहस गर्दा संवैधानिक र राजनीतिक दुवै पक्षबाट हेर्नुपर्ने भन्दै संविधानअनुसार फैसला गर्नुपर्ने हो भने सर्वोच्च अदालतले शतप्रतिशत संसद ब्यूँताउनुपर्ने बताएका थिए ।
उनले भनेका थिए, ‘न्यायाधीशहरुले संविधान नाघेर फैसला गर्न सक्दैनन्, उनीहरुको पनि पदीय सुरक्षाको कुरा छ । सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ । हामीले संसारमा देखेका छौं, फिलिपिन्समा त म पुगेकै बेला त्यस्तो भएको छ ।’
उनका सो अभिव्यक्तिले न्यायालयको अपहेलना भएको भन्दै अधिवक्ता राजाराम घिमिरेले मंगलबार मुद्दा दायर गरेका हुन् । मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि यस प्रकारका दुई वटा मुद्दा दायर भएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण