चिनियाँ खानीबाट उद्धार गरिएका श्रमिक भन्छन्ः पुनर्जन्म पायौं
एजेन्सी । खानीमा फसेका ११ चिनियाँ श्रमिकको उद्धार भएपछि उनीहरूले आफूहरूले पुनः जन्म पाएको महशुस गरेको बताएका छन् भने खानीमा फसेका अझै एकको अवस्था अज्ञात रहेको छ भने १० जना मृत भेटिएका छन् ।
दुई हप्ता पछि आफूहरूलाई नाटकीय रूपमा उद्धार गरेपछि आफूहरूलाई यो घटना एउटा सपनाजस्तो लागेको उनीहरूले बताएका छन् । “मलाई पुनःजन्म लिएको महशुस भइरहेको छ” खानीमा जनवरी १० मा फसेकामध्ये उद्धार गरिएका डु थर भएका एक श्रमिकलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सीजीटीएनले आफ्नो समाचारमा लेखेको छ । अस्पतालमा उपचार गराइरहेका डु लामो समयपछि आफूलाई जीवितै उद्धार गर्ने अधिकारीहरूप्रति खुशी प्रकट गर्दै भने, “मैले एउटा सपना देखेजस्तो भएको छ, जसमा म आफै मृत्युलाई जितेर पुनः यस धर्तीमा आउने अवसर पाएको महशुस भएको छ ।”
उनले भने, “पहिलो नौ दिनसम्म हामीसँग खानेकुरा थिएन । हाम्रो उद्धारमा खटिने अधिकारीलाई व्यक्त गर्ने शब्द नै छैन । धेरै खुशी छौँ ।” डु उद्धार गरिएका श्रमिकमध्ये आफू जीवितै रहेको सूचना पठाउने एक श्रमिक हुन् । जसका कारण उनीहरूलाई नौ दिनपछि पहिलो पटक औषधि, खानेकुरा र सूचना आदानप्रदानका लागि खानीभित्र फोन पठाइएको थियो ।
उद्धार गरिएका अर्का श्रमिकले भने, “यति गहिराईसम्म चट्टान खनेर उद्धार गर्नु कम चुनौतीपूर्ण काम थिएन । हाम्रो उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्पूर्ण टोलीप्रति हामी कृतज्ञ छौँ ।” खानीमा फसेकामध्ये टाउकोमा चोट लागेका एक श्रमिकको गत हप्ता मृत्यु भएको थियो भने अन्य नौ जना गत सोमबार मृत अवस्थामा फेला परेका थिए । अझै एक व्यक्तिको अवस्था अज्ञात रहेको र उनको खोजी भइरहेको छ ।
उद्धार गरिएका सबै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीहरूको स्थानीय उक अस्पतालमा उपचार भइरहेको छ । खानीमा रहँदा श्रमिकहरूले एक अर्कालाई आश्वासन दिँदै सबैको उद्धार हुने बताउने गरेको तर आफू भने भोकले खानी भित्रै मरिने हो कि भन्ने अवस्थामा पुगेको डु ले बताए । जमिनको सतहबाट पुगेको खाना, औषधि र फोनले आफूहरूमा बाँकी जीवन जीउने आशा पलाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण