कान्स फिल्म फेस्टिबलको मिति सर्यो, ६ देखि १७ जुलाईमा आयोजना हुने
एजेन्सी । कोभिड १९ महामारीका कारण गत वर्ष रद्द भएको कान्स फिल्म फेस्टिवल यस वर्ष पनि ढिला गरी आयोजना हुने भएको छ । यसअघि मेइ महिनामा फिल्म फेस्टिवल आयोजना हुने तय गरिएको थियो । तर, मिति सारेर जुलाईमा फेस्टिवल आयोजना गर्ने घोषणा आयोजकले गरेको छ । समारोहमा मानिसहरुलाई प्रत्यक्ष सहभागी गराउन सकियोस् भनेर मिति सारिएको आयोजकले जनाएको छ ।
नयाँ घोषित मितिअनुसार ६ देखि १७ जुलाईसम्म यो समारोह आयोजना हुनेछ । विगत ७५ वर्षदेखि आयोजना हुँदै आएको यो फेस्टिवल विश्वका प्रतिष्ठित फेस्टिवलहरुको सूचीमा पर्छ । फ्रान्ससहित अधिकांश युरोपमा कोरोना संक्रमण बढेपछि अहिले फेरि लकडाउन गरिएको छ । खोप लगाउने क्रम चलिरहे पनि संक्रमण कम नभएकाले ठूला कार्यक्रम स्थगित भइरहेका छन् ।
‘विश्वव्यापी स्वास्थ अवस्थालाई नियाल्दै फेस्टिवलको मिति बदल्नसक्ने अधिकारअनुसार यसअघि ११ मेइदेखि २२ मेइ २०२१ का लागि तय भएको फेस्टिलको मिति अब ६ देखि १७ जुलाईका लागि सारिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
कान्सको मिति सरेसँगै दुुई महिनाभन्दा कम अवधिमा युरोपमा दुुई ठूला फिल्म फेस्टिबल आयोजना हुने भएका छन् । भेनिस फिल्म फेस्टिवल १ सेप्टेम्बरमा आयोजना हुने तय छ । मास्क र सामाजिक दूरीको प्रयोगसहितका कडा मापदण्ड अपनाएर भेनिस फेस्टिवल आयोजना गरिने आयोजकले जनाएको छ ।
युरोपको अर्को ठूलो फिल्म महोत्सव बर्लिन फिल्म फेस्टिवलले यस वर्ष हाइब्रिड मोडल अपनाउने तय गरेको छ । मार्चमा बर्लिनले अनलाईन कार्यक्रम आयोजना गर्नेछ भने जुनमा फिल्ममेकर तथा कलाकारहरुको प्रत्यक्ष सहभागीतामा अर्को कार्यक्रम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण