कान्स फिल्म फेस्टिबलको मिति सर्यो, ६ देखि १७ जुलाईमा आयोजना हुने
एजेन्सी । कोभिड १९ महामारीका कारण गत वर्ष रद्द भएको कान्स फिल्म फेस्टिवल यस वर्ष पनि ढिला गरी आयोजना हुने भएको छ । यसअघि मेइ महिनामा फिल्म फेस्टिवल आयोजना हुने तय गरिएको थियो । तर, मिति सारेर जुलाईमा फेस्टिवल आयोजना गर्ने घोषणा आयोजकले गरेको छ । समारोहमा मानिसहरुलाई प्रत्यक्ष सहभागी गराउन सकियोस् भनेर मिति सारिएको आयोजकले जनाएको छ ।
नयाँ घोषित मितिअनुसार ६ देखि १७ जुलाईसम्म यो समारोह आयोजना हुनेछ । विगत ७५ वर्षदेखि आयोजना हुँदै आएको यो फेस्टिवल विश्वका प्रतिष्ठित फेस्टिवलहरुको सूचीमा पर्छ । फ्रान्ससहित अधिकांश युरोपमा कोरोना संक्रमण बढेपछि अहिले फेरि लकडाउन गरिएको छ । खोप लगाउने क्रम चलिरहे पनि संक्रमण कम नभएकाले ठूला कार्यक्रम स्थगित भइरहेका छन् ।
‘विश्वव्यापी स्वास्थ अवस्थालाई नियाल्दै फेस्टिवलको मिति बदल्नसक्ने अधिकारअनुसार यसअघि ११ मेइदेखि २२ मेइ २०२१ का लागि तय भएको फेस्टिलको मिति अब ६ देखि १७ जुलाईका लागि सारिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
कान्सको मिति सरेसँगै दुुई महिनाभन्दा कम अवधिमा युरोपमा दुुई ठूला फिल्म फेस्टिबल आयोजना हुने भएका छन् । भेनिस फिल्म फेस्टिवल १ सेप्टेम्बरमा आयोजना हुने तय छ । मास्क र सामाजिक दूरीको प्रयोगसहितका कडा मापदण्ड अपनाएर भेनिस फेस्टिवल आयोजना गरिने आयोजकले जनाएको छ ।
युरोपको अर्को ठूलो फिल्म महोत्सव बर्लिन फिल्म फेस्टिवलले यस वर्ष हाइब्रिड मोडल अपनाउने तय गरेको छ । मार्चमा बर्लिनले अनलाईन कार्यक्रम आयोजना गर्नेछ भने जुनमा फिल्ममेकर तथा कलाकारहरुको प्रत्यक्ष सहभागीतामा अर्को कार्यक्रम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई