जोखिम भत्ता नपाउँदा वीर अस्पतालका चिकित्सक आन्दोलित
शुक्रबार, १६ माघ २०७७, १० : ५०
काठमाडौँ । जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । वीर अस्पतालमा कोरोना भाइरस कोभिड—१९ संक्रमितको उपचारमा खटाएका २०० जना आवासीय चिकित्सकहरूले बिहीबार आन्दोलन गरेका हुन् ।
आवासीय चिकित्सकहरु आकस्मिकबाहेकका अन्य सेवामा सरिक नभइ अस्पताल परिसरमा धर्ना दिएका छन् । संक्रमितहरूको उपचारमा खटिएका आवासीय चिकित्सकलाई कोभिड—१९ जोखिम भत्ता नदिएपछि आन्दोलित भएका हुन् ।
अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारी कोभिड बिरामीको उपचारमा संलग्न भएपनि जोखिम भत्ता दिन नसकेको वीर अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले बताए । अस्पतालसँग बजेट नभएकाले सबैलाई जोखिम भत्ता दिन नसकिएको उनको भनाइ छ । यसअघि अस्पतालले स्वास्थ्यकर्मीहरूलाई बजेटको अभाव देखाउँदै एक महिनाको मात्रै जोखिम भत्ता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रमेश लेखकको प्रश्न : सबैमाथि छानबिन गर्दा रविमाथि मात्रै किन नहुने ?
-
राधिका खेडा र शेखर सुमन भाजपामा प्रवेश
-
३ नेपालीलाई आममाफी दिन राष्ट्रपति पौडेलले पठाए श्रीलङ्काली राष्ट्रपतिलाई पत्र
-
रविको प्रश्न– यही हो हाम्रो नजिर र संसदीय मर्यादा ?
-
बजेट र मौद्रिक नीतिबिच तालमेल मिलाइन्छ : अर्थमन्त्री
-
सिप मेलामा मोबाइल रिपेयरिङको अत्यधिक माग