जोखिम भत्ता नपाउँदा वीर अस्पतालका चिकित्सक आन्दोलित
शुक्रबार, १६ माघ २०७७, १० : ५०
काठमाडौँ । जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । वीर अस्पतालमा कोरोना भाइरस कोभिड—१९ संक्रमितको उपचारमा खटाएका २०० जना आवासीय चिकित्सकहरूले बिहीबार आन्दोलन गरेका हुन् ।
आवासीय चिकित्सकहरु आकस्मिकबाहेकका अन्य सेवामा सरिक नभइ अस्पताल परिसरमा धर्ना दिएका छन् । संक्रमितहरूको उपचारमा खटिएका आवासीय चिकित्सकलाई कोभिड—१९ जोखिम भत्ता नदिएपछि आन्दोलित भएका हुन् ।
अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारी कोभिड बिरामीको उपचारमा संलग्न भएपनि जोखिम भत्ता दिन नसकेको वीर अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले बताए । अस्पतालसँग बजेट नभएकाले सबैलाई जोखिम भत्ता दिन नसकिएको उनको भनाइ छ । यसअघि अस्पतालले स्वास्थ्यकर्मीहरूलाई बजेटको अभाव देखाउँदै एक महिनाको मात्रै जोखिम भत्ता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण