शुक्रबार, १८ फागुन २०८०
ताजा लोकप्रिय

जुम्लामा हत्या आरोपमा दुई पक्राउ

शुक्रबार, १६ माघ २०७७, १९ : ५६
शुक्रबार, १६ माघ २०७७

सुर्खेत  । जुम्ला प्रहरीले एक महिलाको हत्या आरोपमा दुई जनालाई  पक्राउ गरेको  छ । गहना लुटपाटपछि ६९ वर्षीया महिलाको हत्या आरोपमा उनीहरुलाई प्रक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा  चन्दननाथ नगरपालिका ४ सिङगाचौर बस्ने १९ वषिया यज्ञ सार्की र १९ खगेन्द्र सुनार रहेका छन्। 

चन्दननाथ भारतीवाडाकी ६९ वर्षीया महिला गत्त पुस १६ गते आफ्नो घरभित्र मृत अवस्था फेला परेकी थिइन् । उनका आफन्तले  नाक, कान, घाटी, र हातमा लगाएका गरगहना नभएको देखेपछि हत्या भएको आशंका गरेका थिए ।

मृत महिलाका आफन्तले हातमा औठी, छाप, कानमा गहना सहित चार तोला सुन समेत नभएको र घाटीमा थिचेको जस्तो घाउ भएको भन्दै प्रहरीमा अनुसन्धान गरिदिन भनि उजुरी गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार  पीडितको उजुरी आएपछि अनुसन्धान गर्दा यही  माघ १३ गते उक्त ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउपछि अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप