दिल्लीस्थित इजरायली दूतावास परिसरमा बम विष्फोट
एजेन्सी । दिल्लीस्थित इजरायली राजदूतावास परिसरमा बम विष्फोट भएको छ । शुक्रबार साँझ ५ बजेर ३० मिनेट जाँदा दूतावास परिसरमा विष्फोट भएको हो । विष्फोटमा कोही हताहती नभएपनि केही सवारी साधनमा क्षति पुगेको जनाइएको छ । विष्फोटपछि भारत सरकारले अन्तर्राष्ट्रिय विमानस्थलदेखि महत्वपूर्ण सरकारी निकायसम्म सुरक्षा सतर्कता बढाएको छ ।
उक्त विष्फोटको असर दिल्ली, उत्तरप्रदेश लगायतका राज्यमा पर्ने सुरक्षा अधिकारीहरुको भनाई छ । विष्फोटपछि सरकारले अयोध्यासहित उत्तरप्रदेशका सबै क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । त्यस्तै उत्तराखण्डको हरिद्वारमा पनि सुरक्षा सतर्कता बढाइएको छ ।
आफ्नो दूतावास परिसरमा विष्फोट भएपछि इजरायलले त्यसलाई आतंककारी हमलाको संज्ञा दिएको छ । भारतीय गृहमन्त्री अमित शाहले विष्फोटमा संलग्न व्यक्ति (दोषी) लाई तत्काल गिरफ्तार गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण