आमाको शवलाई १० वर्षसम्म फ्रिजमा राख्ने पक्राउ
एजेन्सी । जापानमा आमाको शवलाई १० वर्षसम्म फ्रिजमा राख्ने एक महिला पक्राउ परेकी छिन् । ४८ वर्षकी युमी योसिनोले १० वर्षअघिदेखि आमाको शवलाई फ्रिजमा लुकाएर राखेको स्वीकारेकी हुन् । यी महिलाकाअनुसार उनी आमासँग टोकियोस्थित फ्ल्याटमा बस्दै आएकी थिइन् ।
आमाको मृत्युपछि आफु उक्त फ्ल्याटबाट बाहिरिनुपर्ने भय उनलाई थियो । त्यसैले मृत्युको सूूचना लुकाउनका लागि आमाको शवलाई फ्रिजमै लुकाएर राखेको ती महिलालाई उदृत गर्दै जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । शवमा कुनै चोट भने नदेखिएको प्रहरीले जनाएको छ ।
अधिकारीहरुले मृत्युको समय र कारण भने पत्ता लगाउनसक्ने अवस्था छैन । मृत्यु हुँदा आमाको उमेर ६० वर्षको हाराहारीमा हुनसक्ने अनुमान गरिएको छ । अपार्टमेन्टमा भाडा बुुझाउन नसकेपछि मध्य जनवरीमा योसिनो अन्यत्र सर्न बाध्य भइन्, त्यसपछि सरसफाईका लागि आएका व्यक्तिले फ्रिजमा शव भेटे । अनुसन्धानका क्रममा प्रहरीले गत शुक्रबार टोकियो नजिकैको चिवा शहरस्थित एक होटलबाट योसिनोलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण