रुकुम पश्चिममा सार्वजनिक बिदासहित जनयुद्ध दिवस मनाउने तयारी
रुकुम पश्चिम । रुकुम पश्चिममा सार्वजनिक बिदासहित विविधि कार्यक्रमका साथ जनयुद्ध दिवस मनाइने भएको छ । जिल्लाका सबै स्थानीय तहका प्रतिनिधि सम्मिलित जिल्ला सभाको बैठकले प्रदेश र संघ अन्तर्गतका कार्यालयलाई समेत जनयुद्ध दिवसका अवसरमा बिदा दिन अनुरोध गर्ने निर्णय गरेको छ ।
सोही बैठकले जनयुद्ध दिवस मूल समारोह समिति गठन गरेको छ । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माका अनुसार जनयुद्ध दिवसका अवसरमा सानीभेरी गाउँपालिकामा जिल्लास्तरीय कार्यक्रम आयोजना हुनेछ ।
रुकुम पश्चिममा फागुन १ गतेदेखि १३ गतेसम्म जनयुद्ध दिवस र १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने निर्णय भएको छ । बैठकले जनयुद्ध दिवसका अवसरमा जिल्लामा लाग्दै आएका जनवादी मेलालाई भव्य बनाउने, सकेसम्म थप कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
केही वर्षयता सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन आयोजना गर्दै आएको छ । जिल्लास्तरीय कार्यक्रममा सहिद परिवार, जनयुद्धका घाइते तथा अपाङ्गलाई सम्मान गर्ने कार्यक्रम रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण