बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु

आइतबार, १८ माघ २०७७, १८ : ०३
आइतबार, १८ माघ २०७७

सुर्खेत । कर्णालीमा कोरोना भाइरस कोभिड–१९ बाट थप एक पुरुषको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखको गुराँस गाउँपालिका वडा नं. ५ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । यही माघ ७ गते ज्वरो, खोकी, सास फेर्नमा कठिनाई र टाउको दुख्ने समस्या भएपछि प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनलाई उच्च रक्तचापको समस्या रहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले आवश्यक उपचार गरिएको भएपनि सुधार नभई मृत्यु भएको बताए । मृतकको शव व्यवस्थापन भइसकेको छ । योसहित कर्णालीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । 

महाशाखाका अनुसार अहिलेसम्म सुर्खेतमा १६, दैलेखमा ७, सल्यान, रुकुम पश्चिम, कालिकोट र डोल्पाका एक÷एक जना र अन्य प्रदेशका तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय १३ पुगेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप