भारतः पोलियो थोपाको साटो स्यानिटाइजर खुवाइयो, १२ बालबालिका अस्पताल भर्ना
भारतको महाराष्ट्रमा यवतमाल जिल्लाको कापसिकोपरी गाउँमा १२ बालबालिकालाई पोलियो थोपाको साटो स्यानिटाइजर खुवाइएको एक भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । सबै बालबालिकाको उमेर पाँच वर्षभन्दा कम छ । बान्ता र असहज महसुस गरेपछि उनीहरुलाई जिल्ला अस्पताल भर्ना गरिएको छ । उनीहरुको स्वास्थ्यस्थिती स्थिर भएको बताइएको छ । डाक्टरको समूहले उनीहरुको निगरानी गरिरहेको छ ।
यो विषयमा भानबोरा प्राथमिक स्वास्थ्य केन्द्रका एक डाक्टर, आंगनवाडीकी एक सेविका र एक कार्यकर्ताविरुद्ध अनुसन्धानको आदेश दिइएको छ । यवतमालका सामाजिक कार्यकर्ता किशोर तिवारीले आफूले स्वास्थ्यमन्त्री राजेश टोपेलाई भेट गर्ने र दोषीमाथि कारवाहीको माग गर्ने जानकारी दिएका छन् ।
घटना आइतबारको हो । त्यसको भोलिपल्ट सोमबार जब पोलियो अभियान लिएर आएका समूहलाई यसबारे जानकारी दिइयो तब उनीहरुलाई आफ्नो गल्ती महसुस भएको र उनीहरुले दोस्रोपटकमा ती बालबालिकालाई पोलियोको थोपा खुवाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण