भक्तपुरमा परम्परागत शैलीमा बनेको बुटिक होटल सञ्चालनमा
भक्तपुर । भक्तपुरमा परम्परागत शैलीमा करिब एकसय वर्ष पूराना काठ प्रयोग गरेर बनाइएको बुटिक होटल सञ्चालनमा आएको छ । भक्तपुरको दरवार क्षेत्रस्थित खौमा चोकमा ईन्द्रायणी बुटिक होटल सञ्चालनमा आएको हो । पर्यटन व्यवसायी सुरेन्द्र प्रजापतिले करिब ८ करोड रुपैयाँ लगानी गरेर होटल सञ्चालनमा ल्याएका हुन् । पर्यटन व्यवसायी प्रजापतिले भने, ‘कोरोनाको कारण केही समय अगाडि तयार भएपनि होटल सञ्चालन गर्न सकिएको थिएन् ।’
हाल भने कोरोना भाइरस विरुद्धको खोप नेपालमा समेत लगाउन सुरु भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदैं होटल सञ्चालन गर्न थालिएको उनको भनाई छ । ‘त्रासको वातावरणमा कमी हुँदैं गएपछि घुम्न निस्किने धेरै भएकाले होटल सुरु गरिएको हो’ उनले भने ।
बाह्य र आन्तरिक पर्यटकहरुलाई लक्षित गरिएको होटलमा हाललाई भने नेपाली पर्यटकले न्युनतम ३ हजार रुपैँया तिरेपछि रातको बसाई र बिहानको नास्ताको व्यवस्था हुने व्यवसायी प्रजापतिले बताए । होटललाई सुन्दर बनाउन भूकम्पपछि काठ संकलन गरेर निर्माण थालिएको उनले बताए ।
एकसय वर्ष भन्दा पनि पुरानो काठमा कलात्मक बुट्टेदार परम्परागत काष्ठकला प्रयोग गरि नेवारी परम्परा झल्किने गरि होटल निर्माण गरिएको छ । करिव ५ आना क्षेत्रफलमा होटल फैलिएको छ । होटलमा १९ वटा कोठा छ । जहाँ एकै करिब पटक ६० जनासम्म पर्यटकलाई सेवा दिन सकिने सञ्चालक प्रजापतिले बताए । परम्परागत नेवारी खाना, खाजानै होटलको मुख्य आर्कषण र अन्य कुरा भने पाहुनाको रुचि अनुसार पनि हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण