यी स्टारको तुलनामा सलमान खानको लोकप्रियता कम मान्छन् पिता सलिम खानः भन्छन्, ‘उनको जस्तो स्टारडम कहिल्यै पाउन सक्दैनन्’
बलिउडमा सलमान खानको भिन्न स्थान छ, उनका प्रशंसक पनि अत्यधिक छन् तर उनका पिता सलिम खानले भने उनका छोरा सलमान खानले राजेश खन्नाजस्तो स्टारडम कहिले पनि पाउन नसक्ने बताएका छन् ।
राजेश खन्नाको हिट फिल्म हाथी मेरा साथीको स्क्रिप्ट लेख्ने सलिम खानका अनुसार हिन्दी सिनेमामा अब राजेश खन्नाको जस्तो स्टारडम सायदै कसैले पाउन सक्ला । राजेश खन्नामाथि लेखिएको पुस्तक ‘द अनटोल्ड स्टोरी अफ इन्डियाज फर्स्ट सुपरस्टार’ को प्रस्तावनामा सलिम खानले छोरा सलमान खानको तुलना राजेश खन्नासँग गर्दै उनले कहिले पनि ‘काका’ जस्तो स्टारडम हासिल गर्न नसक्ने बताएका छन् ।
सलिम खानले लेखेका छन्, ‘आज मेरो छोरा सलमान खान ठूलो स्टार छन् । मेरो घर बाहिर उसको एक झलक पाउनका लागि मानिसहरुको भीड हुन्छ । धेरै मानिसहरु आए र मेरो छोराको जस्तो स्टारडम कसैको पनि नदेखेको बताए । तर म उनीहरुलाई भन्न चाहन्छु कि यहाँभन्दा केही पर कार्टर रोडस्थित बंगला आशीर्वाद बाहिर मैले यस्ता थुप्रै दृश्य देखेको छु । राजेश खन्नापछि त्यस्तो क्रेज र स्टारडम मैले अरु कसैको देखेको छैन ।’
सलिम खानका अनुसार राजेश खन्नाका प्रशंसक हरेक उमेरका मानिसहरु थिए । ६ वर्षदेखि ६० वर्षसम्म आयु भएका मानिसहरु राजेश खन्नाका प्रशंसक थिए । विशेषगरी युवतीहरु त उनका लागि असाध्यै रोमाञ्चित रहन्थे ।
सलमानका पिता लेख्छन्, ‘एकपटक म राजेश खन्नासँग तमिलनाडु गएको थिएँ त्यहाँ राजेश खन्नालाई हेर्नका लागि अत्यधिक भीड थियो । त्यो बेला पनि तमिल इन्डष्ट्रिसँग ठूला स्टार थिए र त्यहाँ हिन्दी सिनेमालाई रुचाउनेहरुको संख्या पनि कम थियो । तरपनि राजेश खन्नालाई हेर्नका लागि उर्लिएको भीडले बताउँथ्यो कि ‘काका’ को लोकप्रियता कतिसम्मको थियो ।’
यद्यपि, सलीम खानले राजेश खानको फिल्म फ्लप हुने सिलसिलाबारे पनि लेखेका छन् । उनी भन्छन्, ‘यसको सबैभन्दा ठूलो कारण के थियो भने राजेश खन्नाले आफूलाई सधैं स्टार नै मानिरहे र कहिले पनि भिन्न गर्ने प्रयास गरेनन् । यसबाहेक उनको एटिट्यूडका कारण पनि इन्डष्ट्रिका थुप्रै निर्देशक उनीबाट टाढा हुन थाले ।’
राजेश खन्नाले आफ्नो खस्कँदो करियरबारे पनि कुरा गरेका थिए । उनले भनेका थिए, ‘सगरमाथाबाट खसेको छु । यो साँचो हो कि म तल खसेको छु र यसको आहत भएको छु । यदि मैले थोरै सफलता पाएको भए मैले यो स्थिती सम्हाल्न सक्थेँ होला तर यति उचाईबाट खसेका कारण म टुटेको छु । म भित्रैदेखि अत्यधिक दुःखी भएँ । दुःख असाध्यै थियो किनभने म सगरमाथाबाट खसेको थिएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण