जनतालाई हिनताबोध हुने खालको काम गरेका छैनौँ : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले जनतालाई हिनताबोध हुने खालको काम नगरेको बताएका छन् । कर्णाली प्रदेश सभाको दोस्रो बार्षिकोत्सवको अवसरमा बुधबार गरिएको शुभकामना आदान प्रदान कार्यक्रममका बोल्दै शाहीले यस्तो बताएका हुन् ।
उनले भने, ‘कठिन परिस्थीतिका बीचमा पनि हामीले केही आशाका साथ कर्णालीको विकास र परिवर्तनमा पाइला चालेका छौँ । जनता निराशह र हिनताबोध हुनुपर्ने अवस्था छैन ।’
शाहीले जनताको आवश्यकता र चाहनाअनुसार काम गरेको पनि दावी गरे । प्रदेश सरकार स्थापना भएदेखि हालसम्म विभिन्न बाधा–व्यवधानका बीचमा पनि जनताको आशा अपेक्षालाई साकार पार्न तर्फ आफूहरु दृढ भएको उनको भनाइ छ ।
शाहीले भने, ‘जनताको अपेक्षा अनुसार काम गर्न केही कमजोरी भएको छ, हामी स्वीकार गर्छौँ नै । यसको मतलब यो हैन कि हामीले कुनै काम गर्न सकेका छैनौँ । शुरुमा जिल्ला समन्वयन समितिको सभाहलबाट प्रदेशको गतिविधि शुरु गरेका हामीले आफ्नै संरचना निर्माण गर्नेदेखि ठुल्ठुला कामहरु गरेर मुख्य उपलब्धी हासिल भएका छन् ।’
शाहीले प्रतिपक्षको रचनात्मक आलोचना आवाश्यक रहेको पनि बताए । साथै मुख्यमन्त्री शाहीले अब दुर्गम क्षेत्रका जनताको समस्यालाई सम्बोधन गर्ने कुरालाई सरकारले प्राथमिकता दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
-
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण