अमेरिकी दूतावासले सिकायो नेपाली व्यवसायीलाई एआई प्रयोग
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले नेपालका व्यवसायीहरुलाई एआई प्रयोगबारे विशिष्ट जानकारी दिएको छ ।
दूतावासको सहयोगमा चितवनमा आयोजित सीईओ डायलगमा एआई प्रयोगबारे जानकारी दिएको छ । नेपाली व्यवसायहरूका लागि एआईले नयाँ अवसरहरू सिर्जना गरिरहेको र ती अवसरहरूलाई सदुपयोग गर्न अमेरिकी विज्ञहरूले जानकारी गराएको छ ।
एआई प्रविधिको प्रयोगमार्फत उत्पादकत्व कसरी बढाउन सकिन्छ, नयाँ बजारमा पहुँच कसरी पुर्याउन सकिन्छलगायत विषयमा विभिन्न व्यावासायिक प्रमुखहरूलाई जानकारी गराएको थियो ।
फ्युजमसिनका पराग श्रेष्ठले एआईको सहयोगमा व्यावसायिक वृद्धि, लगानीको पूर्वतयारी, बजार विस्तार तथा वित्त, पर्यटन, ग्राहक सेवा र व्यावसायिक सञ्चालनमा एआईको व्यावहारिक प्रयोगका जानकारी गराएका थिए । सहभागीहरूले नेपाल बाहिर आफ्नो व्यवसाय विस्तार गर्ने तयारीको मूल्यांकन गर्नुका साथै वास्तविक व्यावसायिक चुनौतीहरूमा एआई कसरी प्रयोग गर्ने भन्नेबारे व्यावहारिक उपायहरू पहिचान गरेको अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकी दूतावासको यो सीईओ डायलग शृङ्खलाले नेपाली उद्यमीहरूलाई अमेरिकी विज्ञता, प्रविधि र निजी क्षेत्रको नेतृत्वसँग जोडेर नेपाल–अमेरिका व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आएको छ । यस्ता कार्यक्रमले नेपाल र अमेरिका बिच नवप्रवर्तन, लगानी, व्यापार र साझा आर्थिक वृद्धिका लागि नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको अमेरिकी दुतावासले जनाएको छ ।
कार्यक्रममा ८० भन्दा बढी उद्यमी, आविष्कारक, लगानीकर्ता र व्यावसायिक क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
-
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
-
अभिनेता परेश रावलले खोले राजनीति छोड्नुको कारण
-
अमेरिकी दूतावासले सिकायो नेपाली व्यवसायीलाई एआई प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण