‘२ नम्बरी’ मा भित्रिए दीपक मनाङ्गे, सुटिङ चैतबाट फेरि सुरु
बुधबार, २१ माघ २०७७, १६ : ५२
काठमाडौंँ । फिल्म ‘२ नम्बरी ’को सुटिङ फेरि सुरु हुने भएको छ । लकडाउनका कारण रोकिएको फिल्मको सुटिङ चैत्र १५ गतेबाट सुरु हुने निर्माता किरण नेपालीले जानकारी दिए । दीपेन्द्र लामाले निर्देशन गरिरहेको फिल्ममा दयाहाङ राई, पल शाह, वर्षा राउतको अलवा भुटानकी अभिनेत्री उगेन छोदन समेत मुख्य भूमिकामा रहेका छन् ।
रेड वर्ड प्रोडक्शन र आरआरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपालीले मिलेर बनाएको फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । फिल्मको निर्माताको रुपमा अहिले दीपक मनाङ्गेका पनि जोडिएका छन् । फिल्म निर्माताको रुपमा अहिले दीपक भित्रिएको निर्माता नेपालीले जाकारी दिए ।
दीपकले यसअगाडि फिल्म ‘पोई पर्यो काले’ मा पनि लगानी रहेको थियो । २ मिल्ने साथीको कथामा निर्माण भइरहेको फिल्म अर्काे वर्ष प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण